प्रमुख समाचार

परिवारले बुझे इजरायलमा मारिएका विद्यार्थी आनन्द साहको शव

सुभाष कर्ण | कात्तिक १८, २०८०

जनकपुरधाम- इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये थप तीन जनाको शव नेपाल ल्याएका मध्ये धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीका आनन्द साहको शव पनि आइपुगेको छ ।

नेपाली सेनाको टोलीले साहको शव विमानबाट सपही घरसम्म ल्याएका हुन् । साहको शव देखेपछि उनका परिवारसहित पूरै गाउँ शोक मग्न भएकाे छ । नेपाली सेनाबाट परिवारले शव बुझेपछि गाउँ नजिकै रहेकाे शमशानमा आजै दाहसंस्कार गरिएको छ । साहको शवलाई उनका काकाको छोरा बेचन साहले दागवत्ती दिएका छन् ।

जनकपुरधामस्थित एन्जल्स बोर्डिङ्ग स्कुलबाट एसईई उत्तीर्ण गरेका साहले पूर्ण छात्रवृत्तिमा बिएससी एग्रिकल्चर गरेका थिए । सुदूरपश्चिमको कृषि विश्वविद्यालयबाट ५० नेपाली विद्यार्थीलाई कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमै पोख्त बनाउनका लागि १० महिने प्रशिक्षणका लागि इजरायल पठाइएको थियो ।

तालिमका लागि पठाइएकोमा ५ लाख थप रकम माग गर्दै साहलाई सहभागी नगराएपछि उनी पढाई र जीविकोपार्जन खर्च जुटाउन त्यहाँ खेतमा कागती टिप्ने काम गर्न थालेको साहकाे परिवारले बताएकाे छ ।

हमासकाे आक्रमणमा मारिएका १० मध्ये आठ जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ भने अझै दुई जनाको शव आउन बाँकी रहेको छ । आक्रमणमा परी ज्यान गुमाएका थप दुई जना डोटी लामीखाल वडा नम्बर ८ का पदम थापा र सल्यान सारदा वडा नम्बर ३ का प्रवेश भण्डारी रहेका छन् ।

अहिलेसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल आइसकेको छ ।

आधिकारिकता निश्चित गरेर मात्रै सहयोग गर्न प्रहरीकाे अनुरोध

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुनसक्ने भएकाले निश्चित गरेर मा...

बिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्र...

कांग्रेसले स्थगन गर्‍यो तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ– नेपाली कांग्रेसले तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगन गरेको छ । ...

भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने

इकागज | कात्तिक १८, २०८०

जानकी (बाँके)- बाँकेको भेरी अस्पतालमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिइओसी) को बैठकले भूकम्पक...

भूकम्पमा घाइतेको उद्धारका लागि तिलोत्तमाले पठायाे १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री

इकागज | कात्तिक १८, २०८०

बुटवल- शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि...

विश्वकपपछि इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले घुँडाको शल्यक्रिया गर्ने

इकागज | कात्तिक १८, २०८०

काठमाडौँ- इंग्ल्यान्डका अलराउन्डर तथा टेस्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले घुँडाको शल्यक्रिया गर्ने भएका ...