प्रमुख समाचार

यस्तो हुनेछ आजको मौसम

इकागज | कात्तिक २२, २०८०

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । 

दिउँसो देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी  प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रधानाध्यापक आत्महत्या प्रकरण : सिरहामा पठनपाठन प्रभावित

इकागज | कात्तिक २२, २०८०

सिरहा- सिरहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबि...

धनगढीमा हुन थाल्यो रगत अभाव, रक्तदानका कार्यक्रम गर्न सुझाव

दीपक उपाध्याय | कात्तिक २१, २०८०

कैलाली- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक र...

प्रिन्सिपल पाठकलाई पदमुक्त गर्ने सहमतिपछि टुंगियो मेडिकल कलेज भैरहवामा आन्दोलन

इकागज | कात्तिक २१, २०८०

बुटवल- ड्रेस कोडका विषयमा शुरु भएको मेडिकल कलेज भैरहवाको आन्दोलन एक महिनापछि टुंगिएको छ । कलेजका प्र...