प्रमुख समाचार

राष्ट्र संघका महासचिव गुटेरेसको सुरक्षामा खटिएका असई ढुंगानाको मृत्यु

इकागज | कात्तिक १५, २०८०

पोखरा- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्‍नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरीको मृत्यु भएको छ ।

सुरक्षामा खटिएर बेसक्याम्पबाट फर्किएपछि स्वास्थ्यमा समस्या देखिएको प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको बुधबार बिहान ९:४० बजे मृत्यु भएको हो ।

घान्द्रुक प्रहरी चौकीका इन्चार्ज असई ढुंगाना गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्‍नपूर्ण आधार शिविरमा पुगेका थिए । अन्‍नपूर्ण आधार शिविरबाट मंगलबार पैदल फर्किएका असई ढुंगानालाई बुधबार बिहान श्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएको थियो ।

अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत्यु घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

राष्ट्रियसभाको निर्वाचन माघ १० गते गर्न निर्वाचन आयोगको प्रस्ताव

इकागज | कात्तिक १५, २०८०

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि माघ १० गतेको मिति प्रस्ताव गरेको छ । राष्...

मोरङ र सुनसरीको औद्योगिक करिडोरमा भरपर्दो विद्युत् आपूर्ति दिन प्राधिकरणको प्रयास

इकागज | कात्तिक १५, २०८०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरप...

कस्तो हुन्छ आजको मौसम ?

इकागज | कात्तिक १५, २०८०

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुम...

अमेरिका पुगेर परराष्ट्रमन्त्री साउदले मागे पर्यटन प्रवर्द्धन र प्रविधि रुपान्तरणमा सहयोग

इकागज | कात्तिक १५, २०८०

वासिङटन डिसी- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्च...

नेपालमा लगानीबारे परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच वार्ता

इकागज | कात्तिक १५, २०८०

वासिङटन डिसी- अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त नि...