काभ्रेमा एमाले नेताहरू सवार बोलेरो दुर्घटना, ११ जना घाइते
काठमाडौँ- काभ्रेपलाञ्चोकको तालडुंगाबाट बेथानचोक आउँदै गरेको बोलेरो दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बा १४ च ७०७७ नम्बरको बोलेरो बेथानचोक- १ मा ब्रेकफेल भइ सडकमा पल्टदा त्यसमा सवार १७ मध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उक्त बोलेरोमा एमाले नेताहरू सवार रहेका थिए ।
दुर्घटनामा घाइते हुनेको नामावली -
१.स्याङजा पुतलीबजार ५ बस्ने बर्ष ३६ की सिर्जना नेपाली- बायाँ हातको पातामा चोट ,अवस्था सामान्य ।
२ सिर्जना नेपालीका छोरा बर्ष १३ को सुबम श्रेष्ठ- अवस्था सामान्य
३ सिर्जना नेपालीकै छोरा बर्ष ५को सुरज श्रेष्ठ- अवस्था सामान्य
४.काभ्रे चौरीदेउराली ७ बस्ने बर्ष ४० की नविना लामा-टाउको र बायाँ हातमा चोट, अवस्था मध्यम
५. खानिखोला ५ मिल्चे बस्ने बर्ष ४०की रचना मगर -देब्रे घुडामा चोट सामान्य ।
६. रचना मगरकी छोरी बर्ष १६ की ईन्जिला सोडारी- देब्रे खुट्टामा चोट मध्यम ।
७. दोलखा कालिन्चोक ३ बस्ने बर्ष ३२की मिना श्रेष्ठ- टाउकोमा चोट अवस्था मध्यम ।
८. काभ्रे खानिखाला ६ बस्ने बर्ष ३५को दिपेन्द्र राना - दाहिने आँखा, बायाँ हातमा चोट मध्यम
९. काभ्रे पाचखाल न.पा १२ बस्ने बर्ष ३५की भक्त कुमारी लामा-दाहिने हातको पातामा चोट अवस्था मध्यम
१०. काभ्रे बेथानचोक -१ बस्ने बर्ष ७४को सिङताङ तामाङ-टाउको र गर्धनमा चोट, अवस्था मध्यम
११.एक जनाको नाम खुल्न बाँकी