प्रमुख समाचार

... अनि एक सयभन्दा बढी भैंसीको डुबेर मृत्यु भयाे

इकागज | कात्तिक ११, २०८०

विन्डहोक, नामिविया- सिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा १०० भन्दा बढी भैंसीको मृत्यु भएको छ ।    
    
नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैंसीको डुबेर मृत्यु भएको हो ।    
    
मन्त्रालयका प्रवक्ता रोमियो मुयुन्डाका अनुसार सिंहले शुक्रबार बिहानै अगाडी रहेको भैंसीको एक समूहलाई आक्रमण गरेपछि सँगै रहेका अरू बथानका भैंसीहरू भाग्ने क्रममा नदीमा डुबेका थिए ।    
    
उनले भने “हामीलाई प्राप्त सूचनाअनुसार १०० भन्दा बढी भैँसी भाग्ने क्रममा डुबेका छन् । उनले घटनाबारे अनुसन्धान अघि बढाइएको र मरेका भैंसीको सही सङ्ख्या र अन्य सान्दर्भिक विवरणहरू पुष्टि गर्ने बताए ।    
    
चोबे नदीमा यसअघि पनि ठूलो सङ्ख्यामा भैसी डुबेर मृत्यु हुने गरेकाले यो असामान्य घटना नभएको उनले बताए ।    
    
चोबे नदी नामिवियाको चोबे राष्ट्रिय निकुञ्जको उत्तरपूर्वी सीमामा बग्छ, जुन हात्ती, जिराफ, सेबल र अफ्रिकी भैंसीको ठूलो प्रजनन झुण्डको लागि चिनिन्छ ।    
    
अफ्रिकी जङ्गली भैंसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जङ्गली जनावरका कारण यस निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटन गन्तव्य बनेको छ । (रासस/सिन्ह्वा)    

राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्नुस् : अध्यक्ष लिङ्देन

इकागज | कात्तिक १०, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजालाई गाली गरेर अब पनि सत्तामा टि...

प्रधानमन्त्रीबाट जातीय राज्य दिने आश्वासन आउनु गलत : शेखर कोइराला

इकागज | कात्तिक १०, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार प्रमुखबाट जातीय द्वन्द्व निम्त्याउने प्रयास हुन...

सुनसान सिंहदरबार

इकागज | कात्तिक १०, २०८०

काठमाडौँ- दसैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरू जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ । दसैँको बि...

हटेन् अझै गोठमा सुत्केरी हुने चलन : स्वास्थ्य संस्था नपुग्दै बित्छ सुत्केरीको ज्यान

इकागज | कात्तिक १०, २०८०

बलेवा (बागलुङ)- तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै रिता रोका स्वास्थ्यचौकी पुगिरहन्थिन् । उनलाई न...