प्रमुख समाचार

कर्णाली सरकारको सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा

इकागज | कात्तिक २१, २०८०

भेरिगङ्गा (सुर्खेत)- कर्णाली प्रदेश सरकारले आफ्ना सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको छ । मुख्यमन्त्री राजकुमार शर्मा आफ्नो गृह जिल्ला रुकुममा छन् भने आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह पनि गृह जिल्ला जाजरकोटमा छन् । 

सामाजिक विकासमन्त्रीसहितका अन्य मन्त्रीहरू पनि भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् भने प्रदेशका कर्मचारीहरू पनि जाजरकोट र रुकुम पश्चिम केन्द्रित भएका छन् । 

यसैबीच, प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आज जाजरकोटको अति प्रभावित नगरपालिका नलगाड र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत वितरण गरेको छ  । 

उद्धार क्षेत्रमा रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले अति प्रभावित नागरिकले न्यानो कपडा नपाएको गुनासो गरेको भन्दै सहयोगका लागि आग्रह गरे ।

भूकम्पपश्चात् पहिलोपटक प्रभावित क्षेत्रमा राहत वितरणको अनुगमनमा पुगेका मन्त्री विसीले बढ्दो जाडो र बारम्बार आउने परकम्पको धक्काले नागरिकलाई थप त्रसित बनाएको बताए ।

जाजरकोट भूकम्प : दुवै जिल्लामा मृत्यु हुनेको सङ्ख्या एक सय ५३ कायम

इकागज | कात्तिक २०, २०८०

जाजरकोट- जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ । यसअघि जाजरकोटमा मात्र एक सय...

प्रधानमन्त्रीलाई भेटेर रास्वपाले भन्याे : राहतको नाममा कुहिएको चामल नबाँडियाेस्

इकागज | कात्तिक २०, २०८०

काठमाडौँ- जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाल...

भूकम्प प्रभावित क्षेत्रमा के गर्दैछन् कर्णालीका मन्त्रीहरू ?

इकागज | कात्तिक २०, २०८०

सुर्खेत- कर्णाली प्रदेश सरकारका मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा आ आफ्नो जिम्मेवारी बाँडफाँट ग...

किन बीपी प्रतिष्ठानका चिकित्सकहरूले आन्दोलन फिर्ता लिए ?

इकागज | कात्तिक २०, २०८०

काठमाडौँ- तीन बुँदे सहमति भएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले आन्दोलन फिर्ता ...

जाजरकोटबाट सांसद कार्कीले अनुरोध- हेलिकप्टरबाट भए पनि राहत सामग्री वितरण गरौँ

इकागज | कात्तिक २०, २०८०

काठमाडौँ– रास्वपा सांसद डा. तोसिमा कार्कीले भूकम्प प्रभावितका लागि देशविदेशबाट राहत आए पनि पीडि...