प्रमुख समाचार

उपनिर्वाचनमा आफ्नो भागमा परेको खर्च व्यहोर्छु : रवि लामिछाने

इकागज | चैत २०, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपनिर्वाचनका लागि आफ्नो भागमा परेको आर्थिक भार आफैँ व्यहोर्ने बताएका छन् । वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउँदै उनले यस्तो बताएका हुन् ।

तपाईको कारणले दोस्रो पटक राज्यलाई निर्वाचन गराउँदा आर्थिक भार पर्‍यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सो भार आफैँ लिन तयार भएको सुनाए । 

सोमबार सभापति लामिछानेले चितवनको निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर  पुगेर वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । सभापति लामिछाने गत मंसिर ४ गते भएको संसदीय निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै विजयी बनेका थिए । 

सर्वोच्च अदालतमा नागरिकता मुद्दामा अदालतले नागरिकता अवैध ठहर गरेसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ रिक्त थियो । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताए । उनले आफूले यसपटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै अन्तिमसम्म नतिजा कुर्नुपर्नेमा जोड दिए । 

गत मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत, श्रेष्ठले १५ हजार ९९ मत र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका थिए ।
 

मनोनयन दर्ताअघिको सभामा गगन थापाले भने: तनँहु- १ मा भट्टराई गठबन्धनका साझा उम्मेदवार

इकागज | चैत २०, २०७९

तनहुँ। आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन...

कांग्रेस महाममन्त्री थापा तनहुँ र विश्वप्रकाश चितवन पुग्‍ने

इकागज | चैत २०, २०७९

काठमाडौं - नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य ...