बिहारमा विधानसभा निर्वाचनले तय गर्ने बाटाे

वर्गीज के जर्ज | कात्तिक १२, २०७७

बिहार विधानसभा निर्वाचनमा यसपटक अनौठो संयोग देखापरेको छ । त्यो के भने लालुप्रसाद यादव बिहार निर्वाचनको केन्द्रमा छैनन् । ७२ वर्षे यादव पछिल्लो समय जेलमा छन् । अर्का पाका नेता राम विलास पासवानको भर्खरै निधन भयो । र, ६९ वर्षे नेता नितिश कुमार आफ्नो राजनीतिक करिअर जोगाउन यो निर्वाचनमा होमिएका छन् । 

यी तीन नेतामा एउटा समानता छ । सन् १९७० को दशकमा जय प्रकाश नारायण अभियानबाट राजनीतिमा प्रवेश गर्नु उनीहरुको त्यो समानता हो । यी तीनै नेताले लामो समयसम्म सामाजिक न्यायका नाममा राजनीति गरे ।  

पछिल्लो एक दशकदेखि भारतीय राष्ट्रिय राजनीतिको एपीसेन्टर रहँदैआएको छ बिहार । मुलुकको राजनीति कुन दिशातिर मोडिने भन्नेमा बिहारको भूमिका बलियो देखिन्छ । तर, यो निर्वाचनपछि बिहारको राजनीतिमा एउटा युगको अन्त्य हुँदैछ । निर्वाचनको नतिजाले मात्र उत्तरी भारतीय राज्यको राजनीति कता मोडिने हो भनेर अनुमान गर्न सजिलो भने छैन । 

आजभन्दा तीस वर्षअघि बिहारमा एउटा घटना घट्यो । जसले राष्ट्रिय राजनीतिलाई नै तरंगित बनायो । भारतीय जनता पार्टीका नेता लाल कृष्ण आडबाणीको नेतृत्वमा बिहार आइपुगेको थियो रथयात्रा । तर, यात्रलाई बीचमै अवरोध गरियो । यति मात्र होइन, आडबाणीलाई नै गिरफ्तार गरियो । गिरफ्तार गर्न आदेश दिने व्यक्ति थिए तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादव । 

बिहारको राजनीतिलाई नयाँ युगमा प्रवेश गरायो यही घटनाले । त्यसपछि हिदुत्ववादी राजनीति र सामाजिक न्यायमा केन्द्रीत बिहारी राजनीतिबीचको टक्कर सुरु भयो । कालान्तरमा यो टक्कर छायामा पर्‍यो । कारण थियो, दुबै शक्तिको प्रधान शत्रु एउटै । त्यो शत्रु थियो- कांग्रेस आइ ।  

बिहारमा सामाजिक न्यायको नारा घन्काएर राजनीति गर्ने शक्तिले केन्द्रमा विभिन्न दलसँग सहकार्य गरे । अवसरवादी भए । सँगसँगै उनीहरुको सामाजिक न्यायको परिभाषा नै परिवर्तन हुँदै गयो । 
राजनीतिक करिअर अगाडि बढिरहँदा लालुप्रसाद यादव भने एउटा कुरामा सधैँ अडिग रहे । उनले बिजेपीसँग कहिल्यै पनि सहकार्य गरेनन् । सधैँ हिन्दुत्वको खिलाफमै उभिए । उनले बिहारको राजनीतिमा पिछडिएका जाती र मुस्लिमसँग मिलेर गठबन्धन नै बनाए । यो गठबन्धन सन् २००५सम्म टिक्यो । उनले सधैँ साम्प्रदायिकताको विरोध नै गरिरहे । 

उनी यतिसम्मको चतुर नेता थिए कि बिहारका ग्रामिण भेगमा अमेरिकाको विदेश नीति र भारतको आणविक नीतिमाथि भाषण गरेर मतदाता रिझाउँथे । उनको नेतृत्वमा समाजमा पछाडि पारेका जातबाटसमेत नेता जन्मिए । तर, माथिल्ला जातका भनिनेबाट सधैँ अवरोध भइरह्यो । कालान्तरमा लालुप्रसाद यादव अपराध, हिंसा र भ्रष्टाचारमा नराम्रोसँग मुछिए । जेल परे । दलित तथा अन्य पिछडिएका जातका नेताले उनको साथ छाडे । किनभने उनको पार्टीमा यादवहरुको हालीमुहाली बढ्दै गयो । अन्य जातका नेता कार्यकर्तालाई ओझेलमा पारियो । 

यता पासवानको राजनीति साँघुरो घेराबाट अघि बढ्यो । उनको प्रष्ट राजनीतिक विचार थिएन । न त तल्लो तहसम्मै कार्यकर्ता परिचालन गर्ने क्षमता नै । उनले आफुलाई दलित नेताका रुपमा चित्रित गरिरहे । अनि त्यसबाटै विभिन्न अवसर पाइरहे । उनको धर्म निरपेक्षता सम्बन्धि विचार र पकड कमजोर थियो । आफ्नो राजनीतिक र्‍यालीमा दुईचार जना दारिवाला मुसलमानलाई हिँडाउनु नै उनी धर्म निरपेक्षता ठान्थे ।  राजनीतिमा उनले देखाएको व्यवहारले सामाजिक न्याय र धर्म निरपेक्षताको सिद्दान्तलाई नै गिज्ज्याएको भान हुन्थ्यो । 

बिहारमा सामाजिक न्यायको नारा घन्काएर राजनीति गर्ने शक्तिले केन्द्रमा विभिन्न दलसँग सहकार्य गरे । अवसरवादी भए । सँगसँगै उनीहरुको सामाजिक न्यायको परिभाषा नै परिवर्तन हुँदै गयो । 

हालका मुख्यमन्त्री नितिश कुमार सन् १९९४ मा लालुप्रसाद यादबबाट छुट्टिए । नितिशले आफुलाई लालु र उनको राजनीतिक विचारको विकल्पको रुपमा प्रस्तुत गरे । भारतले आफ्नो बजार विदेशीका लागि खुल्ला गरिसकेको परिपेक्षमा नितिशले आफुलाई त्यही व्यवस्थाको हिमायतीका रुपमा प्रस्तुत गरे । बिहार भारतको अर्थ व्यवस्थासँग जोडिन त थाल्यो । तर, राज्यभित्र लगानी आएर वा सहरीकरण भएर होइन । राज्यबाट मुलुकका विकशित शहर र अन्य राज्यतर्फ आवश्यक कामदार निर्यात गरेर । 

ठुलो संख्यामा बिहारी युवा कामका सिलसिलामा अन्य राज्य तथा सहर तर्फ लाग्नाले राज्यको आम्दानि बढ्न थाल्यो । संचारका मध्यममा लगानी र बजारीकरण भयो । जस्तो किसिमको रोजगारका लागि तयार रहने बिहारको युवाको माग देशव्यापी बन्न थाल्यो । बिस्तारै बिहारमा नयाँ खालको राजनीतिक माहोल बन्दै गयो ।    

अति नै पिछडिएका जाति र दलित समुदायभित्रका पनि महादलित लालु यादव र पासवानको राजनीतिभित्र अटेका थिएनन् । उनीहरुका लागि नितिश कुमार नयाँ विकल्पक रुपमा देखा परे । उनले नयाँ लगानीकर्तालाई राज्यभित्र ठाउँ दिने उद्घोष गरे । बिजेपीसँगको गठबन्धनले नितिश कुमारलाई माथिल्ला जातिका भोट आयो । उनको आफ्नै मतदाता त छँदै थिए । सन् २००५ को चुनावमा नितिश कुमारले नभन्दै लालु यादवलाई पराजित गरे । त्यसको दश वर्षपछि नितिश र लालु एकै ठाउमा उभिए । 

सन् २०१५ को चुनावमा लालुसँगको गठबन्धनले नितिशलाई तेस्रो पटक बिहारको मुख्यमन्त्री बनायो । तर त्यो गठबन्धन दुई बर्षभन्दा बढी टिकेन । नितिश बिजेपीसँगको गठबन्धनमै फर्के । कोभिड महामारीपछिको अवस्थामा नितिश कुमारको लोकप्रियता खस्कदो छ । उनको सरकारले महामारीले ल्याएको समस्याको उचित सम्बोधन गर्न सकेको छैन । कोभिडको कारणले भारतभर लगाइएको लकडाउनमा करिब २३ लाख बिहारी मजदुर घर फर्किएको आकडा छ । ती मध्ये हजाराँै मजदुर हिँड्दै बिहार फर्किएका थिए । लकडाउनले घर फर्किएका लाखौँ मजदुर बेरोजगार छन् । त्यसकारण पनि यस चुनावमा बेरोजगारको मुद्दा कडा रुपमा उठेको छ । 

बिहारमा मोदी बाहेक अन्य नेता पनि बिजेपीले तयार गर्दैछ । जसले ठुलो संख्यामा रहेका पिछडिएका जातका मतदातालाई बिजेपीतर्फ आकर्षित गर्न सक्छन् ।  त्यसकारण बिजेपी आउदा दिनमा बिहारको राजनीतिमा एक्लै पनि अघि बढ्न सक्ने अवस्थामा पुगिसकेको छ ।

कुनै समय थियो जब लालु यादवलाइ धर्म निरेपक्षता र सामाजिक न्यायका लागि लडेको नेताका रुपमा चित्रित गरिन्थ्यो । कालान्तरमा उनको त्यस्तो बलियो परिचय हरायो । अहिले उनका छोरा तेजस्वी यादव पिताको पुरानो परिचय आफुमा समाहित गर्न प्रयासरत छन् । तेजस्वी उनका पिताले गठन गरेको सामाजिक गठबन्धनलाई पनि ब्युझाउने प्रयासमा छन् । जुन सजिलो छैन । त्यसो त तेजस्वीले यसपटकको चुनावी अभियानमा आफ्ना पिताको नामलाई त्यति धेरै प्रयोग गरेका छैनन् । किनभने तेजस्वीलाइ लालुको नाम प्रयोग गर्नु भन्दा नगर्नु मै फाइदा छ । फरक अवस्थामा फरक चुनावी रणनीति र पात्रको चयन हुनुपर्छ भन्ने ज्ञान शायद उनमा छ । 
 
उता पासवान पुत्र चिराग पनि बिहार विधानसभाको चुनावमा होमिएका छन् । ३७ बर्षिय चिरागलाई बिहारको राजनीतिमा लामो रेसको घोडाका रुपमा चित्रण गरिँदैछ । भारतको राज्यतहको राजनीतिमा बिजेपीलाई सधैँ स्थानीय पार्टीको बुई चढ्दैमाथि पुग्ने अनि कालान्तरमा तिनलाई छाडिदिने पार्टीका रुपमा व्याख्या गरिन्छ । बिजेपी र नितिश कुमारको गठबन्धनलाई पनि बिहारमा त्यसरी नै व्याख्या गरिँदैछ । बिजेपीको सामाजिक न्याय सम्बन्धि आफ्नै खालको व्याख्या छ । उ आफुसँग बिचार मिल्ने दलित तथा पिछडिएका जातका नेतालाई स्थान दिन तयार हुन्छ । तर, मुस्लिम समुदाय विरुद्द विष ओकल्छ । बिहारमा बिजेपीको मुख्य अनुहार भनेको सुशील मोदी हुन् । जो नितिश कुमार क्याबिनेटमा उप मुख्यमन्त्रीको पदमा छन् । 

बिहारमा मोदी बाहेक अन्य नेता पनि बिजेपीले तयार गर्दैछ । जसले ठुलो संख्यामा रहेका पिछडिएका जातका मतदातालाई बिजेपीतर्फ आकर्षित गर्न सक्छन् ।  त्यसकारण बिजेपी आउदा दिनमा बिहारको राजनीतिमा एक्लै पनि अघि बढ्न सक्ने अवस्थामा पुगिसकेको छ । 

यो चुनाव सँगै बिहारमा सामाजिक न्यायमा अडिएर गरिने राजनीतिको आयु सकिदैछ । साच्चै भन्दा बिहारमा पछिल्ला बर्षमा सामाजिक न्यायको मुद्दा ओझेल मा पर्दै गएको छ । यसमा उभिएर बर्तमान परिवेशको राजनीति गर्न सम्भव पनि छैन । यो सबै पार्टीले बुझेका छन् । त्यसकारण अब बिहारमा नयाँ राजनीतिक भाषाको उदय हुनेछ । तर, त्यस्तो भाषाको प्रयोग कसले गर्ने भन्ने निक्यौल भइसकेको अवस्था छैन । चुनावको नतिजाले बिहारलाई नयाँ राजीनितिक युगमा प्रवेश भने गराउने नै छ । 

(दि हिन्दुमा प्रकाशित आलेखको भावानुवाद)

मुस्लिम मुलुकसँगको संघर्षमा माक्रोन

प्याट्रिक विनटुर | कात्तिक १२, २०७७

पाँच वर्ष अगाडि फ्रेन्च म्यागजिन चार्ली हेब्डोले प्रोफेट मोहम्मद सम्बन्धी कार्टुन छाप्दा मुस्लिम मुलुकहरुमा व्य...

यहाँ प्रधानमन्त्रीलाई मन्त्री फेर्नेसमेत स्वतन्त्रता छैन !

प्रा.डा. ऋषिराम शर्मा | कात्तिक १२, २०७७

मुलुकमा जनताले दिएको दुई तिहाई बहुमत अहिले अचम्म परिरहेछ ! आफ्नो मेलो छाडेर भाग्‍ने, जोत्नै लागे ...

कर्तव्यच्युत भइरहने हो भने सत्ताच्युत हुन बेर लाग्दैन !

सोमबहादुर थापा | कात्तिक ६, २०७७

स्वास्थ्य मन्त्रालयका प्रवक्तामार्फत कोभिड-१९ का बिरामीले उपचार खर्च स्वयंले व्यहोर्नुपर्छ भनी प्रेषित सरकारी स...

आर्थिक प्रोत्साहनमा मौद्रिक नीति किन सफल हुन सकेन ?

नरबहादुर थापा | कात्तिक २, २०७७

यतिबेला हाम्रो समष्टिगत अर्थतन्त्रको तथ्यांकले मिश्रित खालको संकेत दिन्छ । विदेशी मुद्रा सञ्चिति, भुक्तानी स...

प्रकाशकीय

इकागज | कात्तिक १, २०७७

जहाँ कागज पुग्दैन, त्यहाँ अनलाइन पुग्छ । अनलाइन पत्रकारिताको कुनै भौगोलिक सीमा हुँदैन । प्रविधिमा आएको...