सामाजिक सञ्‍जालमा रोइलो गर्ने कि खोइरो खन्‍ने ?

उत्तम धमला | जेठ ३१, २०७८

चीनको हुवेई राज्यस्थित वुहानबाट २०१९ डिसेम्बर अन्त्यतिरबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) महामारीले अहिले विश्वभर त्रास फैलाइरहेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना महामारी नै भएको पुष्टि गर्दै सबै सरोकारवाला एकजुट भएर कोरोनाको नियन्त्रणमा तत्काल र प्रभावकारी ढंगले लाग्नुको विकल्प नभएको बताउँदै आएको छ । 

अहिले नेपालमा कोभिडको दोस्रो लहरले छोएको छ । दोस्रो लहरको आक्रान्त नसकिँदै तेस्रो लहरको चेतावनी स्वास्थ्य क्षेत्रका विज्ञले दिइसकेका छन् । नेपालमा पनि दैनिक दसौँ हजार मानिसमा कोभिड संक्रमण भएको समाचार हेर्न, पढ्न र सुन्‍न परिरहेको छ ।  यो भाइरसको निधानका लागि अहिलेसम्म उपचार पनि फेला पर्न सकेको छैन । यद्यपि विभिन्‍न शक्ति राष्ट्रहरूले यसविरुद्ध लड्न खोपको विकास गरेका छन् । त्यसको प्रभावकारिता भने राम्रो देखिएको छ ।

नेपालका दुई छिमेकी मुलुक उत्तरमा चीन र दक्षिणमा भारतले कोभिडविरुद्धको खोप उत्पादन गरिरहेका छन् । चीनले त जादुको छडी नै चलाएझैँ कोभिड नियन्त्रण गरेको छ । आफ्ना करोडौँ जनतालाई खोप दिइरहेको छ । यता भारतमा कोभिड अझै पनि नियन्त्रणबाहिर छ । तर, दुई महिनापछि दैनिक थपिने संक्रमितको संख्या एक लाख हाराहारीमा पुगेको छ । भारतमा लगातार चार लाखभन्दा धेरै दैनिक संक्रमित थपिए । हजारौँको निधन भयो । भारतले पनि अहिले स्वास्थ्य मापदण्डमा कडाइ, खोपको बन्दोबस्तमा ध्यान दिएकाले संक्रमणको दरमा कमी आउन थालेको खबर भारतीय सञ्चार माध्यममा पढ्न पाइएको छ । 

कोभिड महामारी नै रहेको पुष्टि भइसकेपछि यसले पार्ने सामाजिक, पारिवारिक, व्यक्तिगत त्रास पनि उत्तिकै छ । कोभिडले भन्दा पनि धेरै त्रास त अहिले नेपालका केही समाचार पोर्टल, युट्युब च्यानल र केही ठूला भनिने मिडियासँगै सामाजिक सञ्‍जालमार्फत फैलिरहेको छ ।
विश्वव्यापी त्रासको यो समयमा कयौँ यस्ता जानकारीहरू सामाजिक सञ्‍जालमा आइरहेका छन्, यसो गरे, वा यो प्रयोग गरे कोरोना भाइरसको असर कम गर्न सकिन्छ भनेर भ्रम फैलाउने काम रोकिने छाँटकाँट छैन ।

हामीकहाँ अरुको आलोचना, नकारात्मक कमेन्ट मौलाउँदो छ । कोभिड नियन्त्रणमा सरकारले चालेका कदम कस्ता छन्, तिनले गरेर गल्ती पहिचान गरेर खबरदारीसँगै नागरिक सरोकारको विषय गौण बनेको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारले कोरोना नियन्त्रणमा साँच्चै काम नगरेकै हुन् किन गरेर पनि उपाय नलागेको हो कि जनताले पनि पालना गर्नुपर्ने विषय पालना नगरेर कोरोना नियन्त्रणबाहिर गएको हो भन्‍ने खोज कसैलाई छैन ।

यहाँ व्यक्तिगत रिस साँध्ने, अर्काे पार्टीबाट निर्वाचित जनप्रतिनिधि छ भने अर्काेले सहयोग नगर्ने यस्तो परिपाटीले जनताको मृत्यु होइन, हत्या भइरहेको छ । यहाँ त सामाजिक सञ्‍जालमा रोइलो गर्ने, खोइरो खन्‍नेको जमात उस्तै बाक्लो छ । सामाजिक सञ्‍जालमै कानुनको हुर्मत लिने कुचेष्टा पनि भइरहेको छ । के सामाजिक सञ्‍जालमार्फत कुनै देशको कानुन, नीति, परिवर्तन हुन्छ र ? के आजको प्रविधिको विकाससँगै सामाजिक सञ्‍जालको सही उपयोगिता यो नै हो त ?  सामाजिक सञ्‍जालको उपयोगिता नकारात्मकभन्दा सकारात्मक क्षेत्रमा गर्न सके धेरैको ज्यान जोगाउन सकिने उदाहरण त हाम्रै वरिपरि कति छन् कति !

सामाजिक सञ्‍जालमै कानुनको हुर्मत लिने कुचेष्टा पनि भइरहेको छ । के सामाजिक सञ्‍जालमार्फत कुनै देशको कानुन, नीति, परिवर्तन हुन्छ र ?

अहिलेको पुस्ता सामाजिक सञ्‍जालमा दैनिक औसत सात/आठ घण्टा झुम्मिएको पाउँछु । यसले त्यो व्यक्तिको व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व पनि हराएको छ । बाबु-आमा सामाजिक सञ्‍जालमा आएका नकारात्मक घटना हेर्न-सुन्‍न तल्लीन हुँदा कोरोना कहरले घरमै थुनिन बाध्य भएका ससाना नानी-बाबु नराम्रो आदतमा पो फँस्दै छन् कि ? त्यसको कुनै पर्वाह भए जस्तो लाग्दैन । त्यसको फलस्वरुप विभिन्‍न घटना, दुर्घटना यो समाजले बेहोरिरहनुपरेको छ ।

हो, राजनीतिक नेतृत्वलाई खबरदारी आवश्यक पर्छ । त्यो पनि तर्कसंगत खबरदारी अहिलेको आवश्यकता हो । सन् २०१९ देखि महामारीको रुप लिएको कोभिड १९ को समयमा कतिपय जनता भोक र महामारीको त्रासले आत्महत्यासमेत गर्न बाध्य भएका छन् । कति त सामाजिक सञ्‍जाल र विभिन्‍न नकारात्मक समाचारको पनि शिकार भएका छन् । युट्युबले समाजमा पारेको असरबारे यहाँ लेखेर लेख धेरै दुर्गन्धित नबनाऊँ भनेर मैले यहाँ त्यसलाई छुने चेष्टा गरिनँ । अहिलेको विषम परिस्थितिमा नागरिक र सरकार तथा सरोकारवाला निकाय एक हुनु जरुरी छ । अन्यथा यस्तो विषयमा परिस्थितिमा सरकारको मात्र आलोचना गर्नु बुद्धिमानी हो जस्तो मलाई लाग्दैन । खबरदारी गर्दै अघि बढ्नु नै उत्तम विकल्प हो । सञ्चारको अति विकसित देश अमेरिका, युरोपलगायतका देशहरूमा पनि यस्तो परिस्थितिमा सरकार र जनता मिलेर नै विषम परिस्थितिको सामना गरिरहेका छन् । फलस्वरुप संक्रमण पनि स्थिरतातर्फ उन्मुख भएको छ ।  

सामाजिक सञ्‍जालको सही उपयोगिता नहुँदा नेपालीहरूले ताण्डव देखाइरहेका छन् । कुनै आफन्त वा चिनेजानेको व्यक्ति मृत्यु हुन पा’को छैन उसको परिवारलाई पर्ने चोटको मूल्यांकन नै नगरी सामाजिक सञ्‍जालमा तस्बिर राखेर श्रद्धाञ्जलि तँछाड-मछाड भएको पाइन्छ । त्यो तँछाड-मछाडले मृतकका आफन्त जो देश-विदेशमा छन् उहाँहरूमाथि के बित्ला ? परिवारको दुखद् खबर लुकाएर अरु नै बहाना बनाएर घर बोलावट भएपछि घर आउने तरखरमा रहेकाले यस्तो पोस्ट देखे भने के ठान्लान् ? यस्तो श्रद्धाञ्जलिको पोस्ट फेसबुकमा देख्दा सम्बन्धित व्यक्तिका आफन्तलाई पर्न सक्ने मानसिक, शारीरिक, भावनात्मक संवेगात्मक असरको जिम्मेवारी तपाईंले लिन सक्नु हुन्छ ?

यस्तो विषम परिस्थितिमा आम जनतालाई समाचारबाट सुसूचित गर्नुपर्ने दायित्व भएका कतिपय सञ्चार माध्यमहरू पनि जनताको आत्मबल बढाउनुपर्ने खालका समाचारभन्दा पनि आत्मबल घटाउने खालको समाचार सम्प्रेषण गरिरहेको देखिन्छ । अहिलेको समयमा कोभिडका कारण मृत्यु हुनेको संख्या कम भएको हेडलाइन, संक्रमित घटेको हेडलाइन, निको भएर अस्पतालबाट घर जाने संक्रमितको संख्या धेरै भएको हेडलाइन पढ्न मात्र पाए पनि यसले आम मानिसको आत्मबल पक्कै बढाउने छ । कतिपय टेलिभिजनमा मृतकको संख्या भन्दै दर्दनाक भिडियो फुटेजसहितका समाचारलाई प्राथमिकता दिएर मुख्य समाचार नै मृत्युको बनाएको पाइन्छ । सञ्चार माध्यमले नै जनतालाई झनै त्रास थप्‍ने काम गरे, गरेनन् र ?

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सन्दर्भ र आवश्यकता

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को आवश्यकता र यसको महत्वबारे धेरै पहिलेदेखि नै लेख्दै–बोल्द…

विश्वमञ्‍चहरूमा पनि सखाप हुँदै छ हाम्रो कूटनीतिक साख

काठमाडौँ : विश्वकै पुरानो मुलुकमध्ये एक नेपालले हालसम्म राष्ट्रसंघ महासभाको अध्यक्षता गर्न पाएको छैन । यो च…

ठूला आयोजना रोकिराख्‍नु देश विकासको गति रोक्नुजस्तै हो

नरबहादुर थापा | जेठ २७, २०७८

 आगामी आर्थिक वर्षको बजेट ल्याउने प्रक्रियाका सम्बन्धमा उठेका/उठाइएका राजनीतिक सवाललाई अलग गरेर हेर्ने…

छरछिमेक सबैतिर परराष्ट्रमा विज्ञ नै विज्ञ, हामीकहाँ भने ‘सर्वज्ञ’

काठमाडौँ : महाव्याधिबीच बंगलादेशले खोप खरिदमा यस्तो गर्‍यो, माल्दिभ्स यसो गर्दै छ, भुटानसमेत अब्बल देख…

ओली सरकारमा जाने मधेसीहरू वेदानन्द र बद्रीप्रसादका नयाँ अवतार

खगेन्द्र कर्ण | जेठ २५, २०७८

क्रान्तिद्वारा जहानियाँ राणातन्त्र फालिएसँगै २००७ मा प्रजातन्त्र स्थापना भएलगत्तै मधेसमा पनि हक अधिकारको खोजी…

संकटमा महासंकट थप्‍ने प्रधानमन्त्रीको अपराध अक्षम्य छ त ?

लोकराज अवस्थी | जेठ २४, २०७८

लासैलासले भरिएको मसानघाटले कुनै ठूलो युद्धको झझल्को दिइरहेका छन् । जति गाह्रो उपचार पाउन छ, त्यतिकै मृतक…

ओली राष्ट्रवादी थिए भने...

महेश्‍वर आचार्य | जेठ २३, २०७८

संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएपछि त्यसबाट असन्तुष्ट छिमेकी राष्ट्र भारतले नेपालमा नाकाबन्दी ग…