क्रिकेट

नेपालकै समूहमा रहेको दक्षिण अफ्रिकाले विश्वकपका लागि घोषणा गर्‍यो टिम

इकागज |
बैशाख १८, २०८१ मंगलबार १६:३८ बजे

काठमाडौँ- वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि दक्षिण अफ्रिकाले टिमको घोषणा गरेको छ ।

दक्षिण अफ्रिकाले विश्वकपका लागि मंगलबार आइडेन मारक्रामको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।


जुन १ देखि २९ तारिखसम्म आयोजना हुने विश्वकपका लागि दक्षिण अफ्रिका समूह 'डी' मा परेको छ । यस समूहमा दक्षिण अफ्रिकासँगै बंगलादेश, श्रीलंका, नेदरल्यान्ड्स र नेपाल पनि रहेका छन् ।

समूह चरणअन्तर्गत दक्षिण अफ्रिकाले पहिलो खेल श्रीलंकाविरुद्ध जुन ३, दोस्रो खेल नेदरल्यान्ड्सविरुद्ध जुन ८, तेस्रो खेल बंगलादेशविरुद्ध जुन १० तथा अन्तिम खेल नेपालविरुद्ध जुन १४ मा खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x