संसद्

संसद बैठक १५ मिनेटका लागि स्थगित

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १६:३६ बजे

काठमाडौँ - प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।


बैठक शुरु भएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसद चलन नदिने घोषणा गरेको थियो ।

कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडि बढाउन खोजेपछि कांग्रेससहितका विपक्षी सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।


Author

थप समाचार
x