विश्व

अमेरिकी कम्पनीले चिनियाँ कम्पनी हुवावेलाई 'चिप्स' बिक्री गर्न नपाउने

इकागज |
बैशाख २६, २०८१ बुधबार १२:५९ बजे

काठमाडौँ- अमेरिकी सरकारले अमेरिकी 'चिप्स' निर्माता कम्पनीहरुलाई चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेलाई चिप्स बिक्री गर्न पाउने लाइसेन्स खारेज गरेको छ ।

अमेरिकी कम्पनी इन्टेलले बनाएको चिप्सको माध्यमबाट हुवावेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधासहितको कम्प्यूटर सार्वजनिक गरेपछि अमेरिकी सरकारले सो निर्णय लिएको हुनसक्ने बीबीसीले जनाएको छ ।


चिनियाँ सेनासँगको सम्बन्ध रहेको भन्दै सन् २०१९ देखि अमेरिकाले अमेरिकी टेक्नोलोजी कम्पनीहरुलाई हुवावेलाई चिप्स उपलब्ध गराउन रोक लगाउँदे आएको छ ।

गत महिना हुवावेले मेटबुक एक्स प्रो कम्प्यूटर सार्वजनिक गरेपछि अमेरिकी सांसदहरुले राष्ट्रपति जो बाइडेन प्रशासनको आलोचना गरेका थिए ।


Author

थप समाचार
x