क्रिकेट

नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरीको सन्यास घोषणा

इकागज |
चैत ६, २०८० मंगलबार १०:४० बजे

काठमाडौँ- नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेकी छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि १७ वर्ष खेलेकी नेरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् ।


उनले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेकी हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले पनि नेरीले सन्यासको घोषणा गरेको जनाएको छ ।

बाँकेको नेपालगंज निवासी नेरीले नेपालले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी जनाउँदा नेपालको कप्तानी गरेकी थिइन् ।

नेरीको कप्तानीमा नेपालले सन् २००८ मा थाईल्यान्डमा भएको एसीसी यू-१९ महिला च्याम्पियनसीप तथा सन् २०१० मा सिंगापुरमा सम्पन्न एसीसी यू-१९ वुमन्स च्याम्पियनसिपको उपाधि हात पारेको थियो ।


Author

थप समाचार
x