संसद्

राष्ट्रियसभा बैठक बस्दै, दशरथ चन्द विश्वविधालय विधेयकमाथि छलफल गरिने

इकागज |
माघ २९, २०८० सोमबार १०:४८ बजे

फाइल तस्बिर

काठमाडौं - राष्ट्रियसभा बैठक बस्दैछ । ​

संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजेबाट सुरु हुँदैछ ।


आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० पेस गरिने छ भने सम्पति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।

साथै,  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।


Author

थप समाचार
x