राजनीति

गृहमन्त्रीलाई सांसद विकको प्रश्न– ‘निर्मला पन्त हत्याकाण्ड’मा के गर्दै हुनुहुन्छ ?

इकागज |
जेठ २७, २०७९ शुक्रबार १८:१० बजे

काठमाडौं– प्रमुख प्रतिपक्षी दलकी सांसद विमला विकले गृहमन्त्री बालकृष्ण खाणलाई ‘निर्मला पन्त हत्याकाण्ड’ कहाँ पुग्यो भन्दै प्रश्न गरेकी छन् । 

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले निर्मला पन्त प्रकरणमा गृहमन्त्रालयको ध्यान नगएको बताइन् ।


‘अहिले गृहमन्त्रीज्यूले मलाई कतैबाट सुनिरहनुभएको छ भने अहिले यो मुद्धामा के गर्दै हुनुहुन्छ ?,’ उनले भनिन्, ‘प्रतिपक्षमा हुँदा उहाँले ५० भन्दा बढी पटक निर्मला पन्तको नाम लिनुभयो । तर, जुन दिनदेखि मन्त्री हुनुभयो त्यस दिनदेखि उहाँले निर्मलाको नाम लिन छाड्नुभयो । तपाईं आएपछि पन्तको केसमा के प्रगति भयो ?’
 


Author

थप समाचार
x