राजनीति

कपिलवस्तु–३ : अभिषेकको चौथोपटक संसद् पुग्‍ने यात्रामा ब्रेक लगाउँदै एमालेका मंगलप्रसाद विजयी

इकागज |
मंसिर १०, २०७९ शनिबार १:१७ बजे

काठमाडौं - कपिलवस्तु-३ मा नेकपा(एमाले) का मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई पराजित गर्दै गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी शाहले १८ हजार ९८२ मत पाए ।

राप्रपाका प्रकाश रजौरियाले १३ हजार ३३२ मत प्राप्त गरे । 


शाह यसअघि ०६४, ०७० र ०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।  ०६४ र ०७० मा मधेसी जनअधिकार फोरमबाट लडेका उनी ०७४ मा कांग्रेसबाट लडेका निर्वाचित भएका थिए ।

पराजित भएसँगै शाहको चौथोपटक संसद् पुग्ने यात्रामा ब्रेक लागेको छ । 


Author

थप समाचार
x