राजनीति

वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर छौंः अर्थमन्त्री पौडेल

इकागज |
फागुन १०, २०७९ बुधबार १७:४८ बजे

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकपश्चात संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भीर रुपमा सरोकारवालाहरुसँग छलफल भइरहेको बताए । उनले विभिन्न चरणमा बैठक बसेर केही महत्वपूर्ण निर्णयहरू समेत भइसकेको बताए । ‘लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको छ,’ उनले भने, ‘चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’


उनले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयगत आधारमा कार्ययोजनाहरू अगाडि बढाएको बताए । अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गर्न सरकार केन्द्रित भइरहेको उनको भनाइ छ । उनले सरकार उत्पादनका सबै क्षेत्र, निजी क्षेत्रका सरोकार र समस्याहरुलाई समाधान गर्ने दिशामा केन्द्रित रहेको बताए । अर्थमन्त्री पौडेलले राजश्व परिचालन,अन्तर्राष्ट्रिय सहयोग परिचालन र पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागिरहेको बताए ।  


Author

थप समाचार
x