राजनीति

सरकारले क्रसर उद्योगको व्यवस्थापन गर्न सकेन : मन्त्री रिजाल

इकागज |
असोज १२, २०८० शुक्रबार १८:३६ बजे

काठमाडाैँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नसकेको बताएका छन् । 

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा देखापरेका समस्या समाधान गर्न नसकेको स्वीकार गरेका हुन् । 


मन्त्री रिजालले समस्या उद्योगी, व्यवसायीको नभइ मन्त्रालय, सरकार र संसदभित्र रहेको जिकिर गरे । मन्त्री रिजालले देशको समृद्धिका लागि हिमालको पानी र तराईको ढुंगा बेच्नु स्वाभाविक भएको बताए।

मन्त्री रिजालले देशमा काम गर्नका लागि हरेक ठाउँबाट हस्तक्षेप हुने गरेको बताए । काम गर्न एनजीओले समस्या पैदा गर्ने गरेको उनकाे भनाइ छ ।

अदालतले पनि विभिन्न फैसला गर्ने गरेकाले काम गर्न अप्ठयाराे भएको मन्त्री रिजालले बताए । 

मन्त्री रिजालले अदालत क्रान्तिकारी भएको टिप्पणी समेत गरे ।  सरकारले क्रसर उद्योगहरूको व्यवस्थापन गर्न नसकेको भन्दै उनले सरकारको कमजोरी भएको आराेप लगाए ।

मन्त्री रिजालले क्रसर उद्योगमा देखिएको समस्याहरूलाई समाधान गर्ने गरी आफू अगाडि बढ्ने बताए ।


Author

थप समाचार
x