राजनीति

राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

इकागज |
माघ १०, २०८० बुधबार १९:३ बजे

फाइल फोटो

काठमाडौँ - विभिन्न प्रदेशमा बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । 

यसै क्रममा कोशी प्रदेशमा मतदानस्थल लगायत सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।


निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदान स्थलमा दुई वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता हेमबहादुर बुढाथोकीले जानकारी दिए । 

उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको बताए । त्यसै गरी मतदान सकिएपछि मतगणना गरिने उनले बताए । 

कोशी प्रदेशमा एक महिला र एक अन्य गरि २ पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सदस्य निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख २७४ गरि ३६७ जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १९ रहेको छ ।


Author

थप समाचार
x