खेलकुद

एनभीए च्याम्पियनसिपः हेल्प नेपाल, गण्डकी र गल्कोटको जित

इकागज |
असोज ११, २०७८ सोमबार १५:३८ बजे

काठमाडौँ- छैँटौँ एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा सोमबार हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश र गल्कोट स्पोर्टस क्लबले पुरुषतर्फको प्रतिस्पर्धामा जित हासिल गरेका छन् । 

काठमाडौँको त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले बागमती प्रदेशलाई पराजित गर्‍यो भने गण्डकीले दावाली मिलन क्लबलाई पन्छायो । त्यसैगरी, गल्कोटले प्रदेश–२ लाई हरायो । 


सोमबारको पहिलो खेलमा हेल्प नेपालले बागमतीमाथि २५–१६, २५–१३ र २५–१२ को जित दर्ता गर्‍यो । त्यस्तै गण्डकीले दावाली मिलनलाई २५–१२, २५–२२, २०–२५ र २७–२५ को जित हासिल गर्‍यो । सोमबारको तेस्रो खेलमा गल्कोटले प्रदेश–२ लाई २५–२३, २५–२१ र २५–१८ पराजित गर्‍यो । 


 


Author

थप समाचार
x