विश्व

अफगानिस्तानको कूटनीतिक नियोगबाट भारतले आफ्ना कर्मचारी फिर्ता बोलायो

इकागज |
असार २७, २०७८ आइतबार १९:११ बजे

एजेन्सी : अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिन नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कान्दाहार प्रान्तमा केही दिनयता तनाब बढेको हो । 

सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा जानकारी दिए । अफगानिस्तानको दक्षिणी कान्दाहार शहरमा तालिबानी लडाकूले कब्जा गर्न थालेको भन्ने समाचार अएपछि भारतले सो शहरमा रहेको आफ्नो नियोगबाट आफ्ना कर्मचारीहरुलाई बाहिर निकालेको जनाएको छ ।



Author

थप समाचार
x