कालो पट्टी बाँधेर सर्वोच्च परिसरमै विरोधमा उत्रिए कानुन व्यवसायी
काठमाडौँ - कानुन व्यवसायीहरू सर्वोच्च अदालत परिसरमै कालो पट्टी बाँधेर विरोधमा उत्रिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले आज सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने कानुन व्यवसायीले जनाएका छन् ।
उनीहरूले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर काम थाल्ने जनाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उनीहरू आन्दोलनमा होमिएका हुन् ।
शुक्रबार बसेको नेपाल बारको बैठकले प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो । त्यस्तै तिहारअघिका चार दिन कालोपट्टी बाँधेर विरोध जनाउने, हरेक दिन एक घण्टा कोण सभा गरेर विरोध जनाउने निर्णय उक्त बैठकले गरेको थियो ।
दोस्रो चरणका कार्यक्रम भने तिहारपछि बैठक गरेर सार्वजनिक गरिने महर्जनले जानकारी दिए । बारले राणाले राजीनामा नदिउन्जेल आन्दोलन जारी राख्ने पनि भनेको छ ।