रोजगारी

कोरिया पठाउने काम नरोक्न निर्देशन

इकागज | साउन १४, २०७८

काठमाडौँ  - राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ । आजको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षसँगको छलफलपछि कोभिड-१९ लाई मात्रै कारण बनाएर ती युवालाई रोक्न नहुने जनाउँदै छिटो र सरल माध्यमबाट पठाउन समितिले निर्देशन दिएको हो ।

सभापति रामनारायण विडारीले पीडत युवाले विभिन्न मन्त्रालयमा धाउँदा पनि काम नभएपछि आफू समक्ष उजूरी दिएकाले सरकारी अधिकारीसँग छलफल गर्नुपरेको र यसबारे तत्काल तदारुकताका साथ काम अघि बढाउनुपर्नेमा जोड दिए । 

दक्षिण कोरियाले नेपाली कामदार लिन तयार रहेको र कोभिडको बीमा गराई त्यहाँ पुगेपछि क्वारेन्टिनमा बस्ने गरी सिधा हवाई सम्पर्कमार्फत् पठाउन आग्रह गरेकामा दोस्रो लहरको सङ्क्रमणका कारण ढिलाइ भएको सरकारी अधिकारीले जनाएका थिए । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सिधा हवाई उडानका लागि  नेपाल एयरलाइन्सलाई अनुमति नभएकाले कोरियाली विमानबाट पठाउने प्रक्रिया शुरु गरिएको जानकारी दिए । 

सदस्य राधेश्याम अधिकारीले कोरियास्थित नेपाली दूतावासले पनि यसबारे पनि पहल गर्नुपर्नेमा जोड दिए । अर्का सदस्य डा खिमलाल देवकोटाले पीडित युवालाई मन्त्रालय र संसदीय समितिमा धाउन लगाउनु गलत भएकाले सम्बन्धित निकायका अधिकारीबाटै पहल हुनुपर्ने बताए । (रासस)
 

श्रमिकको न्यूनतम पारिश्रमिक घन्टाको ७७ रुपैयाँ, साउन १ बाट लागू हुने

इकागज | बैशाख २०, २०७८

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष साउन १ बाट लागू हुने गरि श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेक...

कतार प्रहरीमा माग आएको छैन, ठगीबाट बच्‍नुहोस्: वैदेशिक रोजगार विभाग

इकागज | चैत २३, २०७७

काठमाडौं : कतार प्रहरीका लागि रोजगारी खुलेको भन्दै ठगि बढिरहेको गुनासो आएपछि वैदेशिक रोजगार विभागले...

चाँगुनारायणका तीन सय युवाले बिनाधितो ३ लाख रुपैयाँ उद्यमशील कर्जा पाउने

इकागज | चैत ४, २०७७

भक्तपुर : चाँगुनारायणका युवाहरुको उद्यमशीलता वृद्धि गरी स्वरोजगारतर्फ उन्मुख गराउन नगरपालिकाले बिनाधितो...

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजारले रोजगारी पाए : श्रम मन्त्रालय

इकागज | फागुन २, २०७७

काठमाडौँ : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजार बढीले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सु...