रोजगारी

'वैदेशिक रोजगारीमा जानेले सुर्तीजन्य पदार्थ नबोक्नू'

इकागज | माघ १९, २०७८

काठमाडौँ- वैदेशिक रोजगारमा जाने  श्रमिकलाई सुर्तीजन्य पदार्थ नबोक्न अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आग्रह गरेको छ । कार्यालयले सूचना सार्वजनिक गर्दै चुरोट, खैनी, सुर्ती, परागजस्ता वस्तु लान नपाइने भनेको हो । 

वैदेशिक रोजगार विभाग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको पत्र राख्दै कम्पनीले यस्ता वस्तु बोकेर यात्रा नगर्न भनेको हो । गत असोजम विभागले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई पत्र लेखेको थियो ।

सुरक्षा कार्यालयका अनुसार यात्रुले साथमा चुरोट, खैनी, सुर्ती, परागजस्ता वस्तु राख्न पाउँदैनन् । मासुजन्य खाद्य पदार्थ र विभिन्न प्रजातिका बोटविरुवा लैजाँदासमेत क्वारेन्टाइन कार्यालयबाट अनुमति लिएर मात्र लान पाइने जनाएको छ ।

 

सैनिक अस्पतालले मेडिकल अधिकृतसहित ६८ जनशक्ति माग्याे, स्टाफ नर्स मात्रै ५० जना माग

इकागज | माघ १८, २०७८

काठमाडाैँ - नेपाली सेनाले सञ्चालन गरिरहेकाे छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी ...

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी

इकागज | माघ १४, २०७८

काठमाडौँ- रात्रीकालीन व्यवसायीहरूले व्यवसाय सञ्‍चालन गर्न पाउनुपर्ने माग गरेका छन् । व्यवसाय गर्न नपाए...

नेपाल–बेलायत श्रम वार्ता : एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

इकागज | माघ २, २०७८

काठमाडौँ - रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको...

फ्रान्सले स्वास्थ्य र कृषि क्षेत्रमा नेपाली कामदार लाने भएकै हो ?

इकागज | पुस २१, २०७८

काठमाडौँ- नेपालस्थित फ्रान्सका लागि राजदूत गिल्स बुर्बाओले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृ...