रोजगारी

कोरियन भाषा परीक्षा पुस १ गतेदेखि हुने (सूचनासहित)

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - कोरियन भाषा परीक्षा आगामी पुस १ देखि ७ गतेसम्म संचालन हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सूचना जारी गरी भाषा परीक्षा पुस १ गतेदेखि हुने जनाएको छ ।

परीक्षाको एक महिनामै नतिजा प्रकाशन गरिने इपिएस शाखाले जनाएको छ । उत्पादनमुलक, कृषि तथा पशुपालन क्षेत्रमा काम गर्नका लागि कोरियाले नेपाली युवाहरूलाई लैजानेछ । भाषा परीक्षाको लागि मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गराइसक्नुपर्नेछ । अनलाइनमार्फत आवेदन दर्ता गर्नुपर्नेछ । अनलाइनबाट आवेदन भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्नुपर्नेछ ।

परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ । राष्ट्र बैंकले तोकेको सो बराबरको बिनिमयदरको हिसावले नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको खातामा जम्मा गरिदिनुपर्नेछ ।

 

प्रधानमन्त्री रोजगारको पैसा कीर्ते बिल भरपाई बनाएर अनियमितता

इकागज | कात्तिक २३, २०७८

उदयपुर- उदयपुरको बेलका नगरपालिकामा प्रधानमन्त्री रोगजार कार्यक्रमको रकम अनियमितता भएको छ । प्रधानमन्त्री ...

वैदेशिक रोजगार जाने कामदारले क्युआर कोडसहितको खोप कार्ड म्यानपावरबाट पाउने

इकागज | साउन २९, २०७८

काठमाडौँ- वैदेशिक रोजगारमा जानेहरूले क्यूआर कोडसहितको खोप कार्ड म्यानपावरबाट पाउने भएका छन् । वैदेशिक...

वैदेशिक रोजगार विभागले भन्यो: इजरायल जाने नाममा कसैलाई पैसा नबुझाउँनू

इकागज | साउन २१, २०७८

काठमाडौँ- वैदेशिक रोजगार विभागले इजरायल जान आवेदन योग्य व्यक्तिलाई कुनै पनि एजेन्सी वा व्यक्ति विशेषलाई...