बागमतीमा १२३० जनाले लिए सहुलियत ऋण

सुसन लामिछाने | बैशाख २६, २०७८

हेटौंडा : बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाको लागि ब्याजदरमा सहुलियपूर्ण ऋण दिन चालु वर्षबाट सुरु गरेको छ । प्रदेश सरकारले ३ अर्बको कोष स्थापना गरेर सहुलियत दरमा ऋण दिन सुरु गरेको हो ।
 
सहुलियत ब्यादरमा ऋण प्रवाह सुरु भएपछि १२३० जनाले ऋण लिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले दुई बैंकमार्फत प्रदेशभरका नागरिकहरूलाई ब्याजदरमा सहुलियपूर्ण ऋण दिन सुरु गरेको हो । 

कृषि विकास बैंक र साना किसान विकास लघुवित्त वित्तिय संस्थाले बागमती प्रदेशका नागरिकलाई कृषि व्यवसाय, उद्योग व्यवसाय, पर्यटन व्यवसाय,  व्यापार व्यवसाय, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहोरमैला व्यवस्थपनमा ऋण प्रवाह गर्दे आएका छन् । यो कार्यक्रमअन्तर्गत पाँच वर्षको लागि अधिकतम १० लाख रुपैयाँसम्म ऋण पाउन सकिन्छ । 

कृषि विकास बैंकले हालसम्म ३ प्रतिशत ब्याजदरमा ५ सय २८ जनालाई ४३ करोड ८४ लाख १६ हजार रुपैयाँ सहुलियतपूर्ण ऋण लगानी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले कृषि विकास बैंकलाई पहिलो किस्ताबापत ४० करोड उपलब्ध गराएको मन्त्रालयका राजस्व शाखाका अधिकृत विनोद विडारीले जानकारी दिए । 

बैंकले मन्त्रालयले उपलब्ध गराएभन्दा केही बढी ऋण लगानी गरेको छ । बिडारीले छिट्टै बैंकलाई दोस्रो किस्ता ४० करोड उपलब्ध गराइने जानकारी दिए । यसैगरी मन्त्रालयले साना किसान लघुवित्तलाई पहिलो किस्ता २० करोड र दोस्रो किस्ताबापत २० करोड रुपैयाँ गरी ४० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

साना किसानले पहिलो किस्ताबापत २६५ जना र दोस्रो किस्तामा ४३७ जनालाई ऋण प्रवाह गरेको छ । साना किसानले ३ प्रतिशत ब्याजदरमा प्रदेशभरका ७ सय २ जनालाई ४० करोड ऋण लगानी गरेको बिडारीले बताए ।  ऋण प्राप्त गर्न धितो जमानी र धितो नभएकाहरूको हकमा समूह जमानीमा ऋण प्रवाह हुने प्रावधान भएको उनले जानकारी दिए । धितो नभएकाहरूको हकमा ऋण प्रवाह हुने परियोजना नै सुरक्षण गरी ऋण प्राप्त गर्न सकिने उनको भनाइ छ । 

यस्तै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रदेशका सम्पूर्ण नागरिक, कृषक तथा नवप्रवर्तक, लघु व्यवसायीहरूलाई ऋण लगानी कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
 

कला, साहित्य र सँस्कृतिको नयाँ मुकाम — सीजी उन्नति कल्चरल भिलेज

इकागज | फागुन २५, २०७७

नवलपुरः चौधरी ग्रुप (सीजी) अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय चौधरी फाउण्डेसनले नवलपुरको हर्...

दमकमा चिनियाँ लगानीमा बन्‍न लागेको औद्योगिक पार्कको प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने

इकागज | फागुन १३, २०७७

काठमाडौँः चिनियाँ लगानीमा दमकमा निर्माण हुन लागेको दमक क्लीन इण्डस्ट्रियल पार्कको प्रधानमन्त्री केपी शर्मा ...

उद्योगी व्यवसायीहरू भन्छन् : निजी क्षेत्रबीच कार्यगत एकता हुनुपर्छ

इकागज | माघ १४, २०७७

काठमाडौँ : आर्थिक मुद्दामा प्रमुख राजनीतिक दलहरूलाई साझा धारणा निर्माण गर्न दबाब दिन निजी क्षेत्रबीच कार्...

पर्यटन क्षेत्रका सरोकारवालासँग अर्थ र पर्यटन मन्त्रीले गरे छलफल, सहयोग गर्ने प्रतिवध्दता

इकागज | माघ ६, २०७७

काठमाडौंः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सर...