उद्योगको अवस्थाबारे लेखाजोखा राख्न अर्थमन्त्रीको निर्देशन

इकागज | असोज २४, २०७८

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले नेपालका उद्योगहरुको अवस्थाबारे लेखाजोखा गर्न निर्देशन दिएका छन् । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्न आइतबार अर्थ मन्त्रालयमा आइतबार भएको छलफलमा नेपालका उद्योगहरुको अवस्थाबारे लेखाजोखा गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका हुन् ।

उनले बाहिरबाट आउने सामानहरु के हुन ? कर्मचारीको अवस्था के छ ? उत्पादनको अवस्था के छ र विभिन्न छिमेकि देशको अवस्था र कानुनकोबारे समिति बनाएरै अध्ययन गर्न निर्देशन दिए । उनले देशलाई फाइदा हुने काम गर्न आग्रह गरे । 

कार्यक्रममा विभिन्न उद्योग सञ्चालकहरुले आफुहरुलाई लागेका कुराहरु राख्न मन्त्रालयमा उपस्थित भएको प्रतिक्रिया दिएका थिए । उनीहरु स्पोन्ज आइरन र ब्लिेडबारे नकारात्मक प्रभाव परिरहेको बताएका थिए । व्यवसायीहरुले कतिपय तथ्यांक गलत भएको बताएका थिए ।

व्यवसायीहरुले २४ वटा उद्योग बन्द गर्ने र ६ वटा उद्योग सञ्चालन गर्ने प्रक्रिया गलत भएको बताएको जिकिर गरेका हुन । उनीहरुले विभिन्न उद्योगहरुको गुणस्तरको जिम्मा नाप तौल विभागले लिएको र हरेक समय कार्य सम्पादन गरिहरको बताएका थिए । 

ककपीटमा धुँवा देखिएपछि पोखरा उडेको बुद्ध एयरको जहाज काठमाडौँ फिर्ता

इकागज | असोज ११, २०७८

काठमाडौँ- काठमाडौँबाट पोखरा गइरहेको बुद्ध एयरको जहाजको ककपीटमा धुवा देखिएपछि सोमबार बिहान फर्केको छ...

विराटनगरमा ल्याण्ड गर्न नसकेर काठमाडौँ फर्केको बुद्ध एयरले भन्यो : सुरक्षित हवाई यात्रामा प्रतिबद्ध छौँ

इकागज | असोज ११, २०७८

काठमाडौँ- विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा इन्डीकेटरमा खराबी देखिएपछि बुद्ध एयरको जहाज काठ...

‘फाइभ स्टार’ उद्योग होङ्शी सिमेन्टलाई तीन महिनाभित्र विद्युत दिने प्रतिवद्धता

इकागज | असोज ४, २०७८

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई तीन महिनाभित्रमा वि...

बोटलर्स नेपालले जित्यो बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२०

इकागज | भदौ २१, २०७८

काठमाडौँ– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल...

सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

इकागज | भदौ १६, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलाय...