प्रदेश / स्थानीय सरकार

एमालेले आफ्नै कारण गुमायो, संघ र तीन वटा प्रदेश सरकार

सन्तोष अधिकारी | कात्तिक १०, २०७८
काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफैँले हुर्काएको पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरेसँगै एमालेले नेतृत्व गरेको सरकारको अधोगति सुरु भयो । प्रदेश सभा पहिलो निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर सातमध्ये चार प्रदेशमा सरकारको नेतृत्व गरेको एमालेले आजको दिनसम्म आइपुग्दा प्रदेश–१ सरकारबाहेक सबै प्रदेशबाट नेतृत्व गुमाइसकेको छ । बागमती प्रदेशमा एमाले न...