प्रदेश / स्थानीय सरकार

सुदूरपश्चिम सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायाे

इकागज | कात्तिक १८, २०८०
कैलाली- जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्प प्रभावित क्षेत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्यकर्मी र औषधीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।  आज बसेको प्रदेश सरकारको बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले स्वास्थ्य सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि जाने विशेषज्ञ चिकित्सक टोलीलाई ब...