प्रदेश / स्थानीय सरकार

जसले मुख्यमन्त्री बनाउनु भयो वहाँको एजेण्डा मैले पालना गर्नुपर्छ : मुख्यमन्त्री कार्की

बाबुराम भण्डारी | कात्तिक १४, २०८०
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन जसले सहयोग गरेको छ, उसैको एजेण्डा आफूले पालना गर्ने बताएका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको ३९ जना सांसदहरूको समर्थनमा न्यूनतम् बहुमत ४७ पुर्‍याएर संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्त भएका कार्कीले सरकार विस्तारमा पनि एमालेकै एजेण्डा पालना गर्ने बताएका हुन् । राष्ट्रिय तथ्यांक कार्या...