संसद्

राष्ट्रिय सभामा उठेका विषयहरू

इकागज | साउन १३, २०७८

काठमाडौँ- राष्ट्रिय सभाका सदस्यले मुलुकमा जनतालाई महसुस हुनेगरी सुशासन कायम हुनुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले वर्तमान सरकारसँग जनताको आशा र भरोसा भएको भन्दै सुशासन कायम हुनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा सांसद उदया शर्मा पौडेलले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन र सुशासनको प्रत्याभूति गराउन विधेयक अगाडि बढाउन आग्रह गरे । त्यस्तै उनले स्थायी सरकार निजामति सेवालाई मनोमानी चलाउनु भनेको पारदर्शीता नहुनु भएको प्रष्ट पारे ।

सांसद प्रकाश पन्थले संविधानमा व्यवस्था भएको समावेशी समानुपातिक व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने माग गरे । उनले अब गठन हुने मन्त्रिपरिषद्लाई समावेशी बनाउन पनि अनुरोध गरे । सांसद देवेन्द्र दाहालले सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्न नहुनेमा जोड दिए ।

उनले सरकार बाढीपहिरो र विपत्तिमा परेका जनताका सवाल केन्द्रित हुन नसकेको दोष लगाए । सांसद रामनारायण विडारीले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताले गरेको टिप्पणीले संवैधानिक नैतिकतामाथि विवाद सिर्जना भएको टिप्पणी गरे । सांसद दिलकुमारी रावलले नागरिकता सम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले निर्वाचन कानूनलाई समय अनुसार परिमार्जन गर्नुपर्ने मागसमेत गरे । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ पारित गर्ने कार्यसूची रहे पनि हटाइएको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही साउन १८ गते अपराह्न १ बजे बस्नेछ ।

राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइका विषयमा स्थलगत अनुगमन गर्नुपर्नेमा जोड

इकागज | साउन १३, २०७८

काठमाडौँ - सांसदहरूले राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ, बाढीपहिराका कारण भएको क्षति, आवश्यक का...

प्राप्त अधिकार कार्यान्वयन गर्न पहलकदमी आवश्यक  : सभामुख सापकोटा

इकागज | साउन १२, २०७८

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा प्राप्त अधिकार संघर्षको प्रतिफल भएकोले यसको कार्यान्वयन...

प्रतिनिधि सभा : कोभिड–१९ विरुद्धको खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण

इकागज | साउन १२, २०७८

काठमाडौँ - प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेसन र अस्पतालको क्षमता बढाउन, ज...