समाज

इतिहासमा आज

इकागज | चैत २०, २०८०
काठमाडौँ- २०५९ माघ १८ तत्कालिन माओवादीले डा. बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा गरेको थियो । चैत २० गते काठमाडौँको आमसभामा वार्ता टोलीका सदस्यहरूले सम्बोधन गरेका थिए । त्यसैगरी २०६१ फागुन १ गते तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट सम्बोधन गरेका थिए । ...