समाज

चतराधाममा बाह्रवर्षे महाकुम्भ मेला सुरु

इकागज | चैत २७, २०८०
काठमाडौँ- धार्मिक एवं पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र चतराधाममा बाह्रवर्षे महाकुम्भ मेला सुरु भएको छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । सो क्रममा राष्ट्रपति पौडेलले निमुखा जनताको निर्वाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात गर्न आग्रह पनि गरे । वैशाख २८ गतेसम्म सञ्चालन हुने महाकुम्भ मेलामा देश विदेशबाट करिब ३० लाख दर्शनार्थी सहभागी हुने अन...