राजनीति

ओली, प्रचण्ड र देउवा : को कति मतले अगाडि ?

इकागज |
मंसिर ७, २०७९ बुधबार ४:५३ बजे

काठमाडौँ - प्रमुख दलका शीर्ष नेताले क्रमस: अग्रता कायम गरेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुरुवातदेखि अग्रता बनाइराखेका छन् । 

देउवा डडेल्धुराबाट २१ हजार ७४५ मतका साथ अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालको ११ हजार २५२ मत प्राप्त गरेका छन् । ढकाल भन्दा देउवा १० हजार ४९३ मतले पगाडि छन् । यस्तै, नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लको ६ हजार १ सय ८६ मत आएको छ ।


प्रतिनिधिसभा निर्वाचनतर्फ झापा–५ मा एमाले शर्मा ओली २७ हजार ८२६ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारी १५ हजार ९० मतका साथ दोस्रो स्थानमा छन् । अधिकारीलाई ५ हजार ९ सय ५२ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले पछ्याइरहेका छन् । 

गोरखा - २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९,१८४ मतले अगाडि छन् । दाहाल १२ हजार ८४४ मत ल्याई अग्रस्थानमा छन् ।

दाहालका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी ३ हजार ६६० मतका साथ दोस्रो स्थानमा छन् ।  नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँको ३ हजार १३२ मत आएको छ ।


Author

थप समाचार
x