राजनीति

संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

इकागज |
पुस ५, २०७७ आइतबार १२:३० बजे

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन सिफारिसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ  । कांग्रेस नेता रमेश लेखकले दिउँसो १ बजे पार्टी पदाधिकारी बैठक बोलाइएको जानकारी दिए । बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्‍नेछ । 

संसद विघटनसम्बन्धी संविधानमा नभएको प्रावधान प्रयोग गर्न खोज्‍नु सर्वसत्तावादी सोचको उपज भएको उल्लेख गर्दै लेखकले भने, ‘कम्युनिष्ट पार्टीको सरकारले अस्थीरतामा मुलुकलाई लैजादै जनताले दिएको दुई तिहाई मतको अपमान गरेको छ । यो अत्यन्त निरंकुशवादी चरित्र हो । निर्वाचनमा जाने भनेको जनतामा जाने विषय भएको हुँदा कांग्रेस जनतामा जान डराउँदैन ।’


नेपाल कम्युनिष्ट पार्टीको सर्वसत्तावादी, निरंकुशतावादी, लोकतन्त्र र संविधानविरोधी चरित्रको प्रदर्शन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेलेको उल्लेख गर्दै भने लेखकले भने, ‘यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली मात्र होइन, नेकपा पूर्णरूपमा जिम्मेवार छ । संसद् विघटन गरेर नयाँ निर्वाचनका विषयमा कांग्रेस लोकतन्त्र र जनतामा विश्‍वास गर्ने पार्टी भएको हुँदा चुनावमा जाने विषयबाट भाग्दैन । त्यसकारण यो मुलुकलाई कम्युनिष्टहरूबाट मुक्ति दिन मध्यावधि चुनावबाट भाग्दैन ।’

र, यो पनि

संसद्‍ विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस


Author

थप समाचार
x