राजनीति

माओवादीबाट गाउँपालिका अध्यक्षका लागि ८ जनाको नाम सिफारिस भएपछि गोला तानेर टुंगो

इकागज |
बैशाख ९, २०७९ शुक्रबार २१:१८ बजे

सिमकोट – आगामी स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले चंखेली गाउँपालिका अध्यक्ष पदका लागि गोलाप्रथा गरेर उम्मेदवार छनोट गरेको छ । 

माओवादीबाट चंखेली गाउँपालिकाको अध्यक्षका लागि अध्यक्ष पदका लागि आठ जना आकांक्षीको नाम गाउँपालिका समितिबाट सिफारिस गरिएपछि अध्यक्ष चयनका लागि गोला प्रथा गरिएको नेकपा माओवादी जिल्ला समन्नय समिति संयोजक डा.दिपेन्द्र रोकायाले बताए । 


माओवादी केन्द्रले चंखिली गाउपालिका अध्यक्ष छनोटका लागि गरिएको गोलाप्रथामा दुई जनालाई सहभागी गराउँदा गोविन्दबहादुर शाही (प्रज्वलन) छानिएका छन् । गोला प्रथामा सहभागी अर्का आकांक्षी सुरवीर ऐडी ( पीडित) थिए । 

अध्यक्षका आकांक्षी गोविन्दबहादुर शाही, कालीबहादुर बुढा, कुलप्रसाद चौलागाईं, अजवीर बुढा, वर्षबहादुर शाही, शेरबहादुर पाल, धुर्बबहादुर शाही, सुरवीर ऐडी रहेका थिए। गोलाप्रथाबाट टिकट वितरण गरेपछि आकांक्षीमा असन्तुष्टि बढेको छ ।

हुम्लाको ताजाँकोट, अदानचुली, सर्केगार्ड, खापुनार्थ, सिमकोट, नाम्खा गाउँपालिका भने विवादित देखिएको छ । अर्का अध्यक्षका आकांक्षी धु्रवबहादुर शाहीले विचार सकिएपछि आध्यात्मिक चिन्तन बोकेर गोलाप्रथाबाट टिकट वितरण गरेको गुनासो गरेका छन् ।

त्यसक्रमा शाही र माओवादीको पूर्व जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सदस्य लालकेश जैशीबीच हात हालाहालको अवस्थासमेत आएको थियो ।

गोलाप्रर्था गर्ने कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य विजय भण्डारी र छक्कबहादुर लामा लगायतको सहभागिता रहेको जनाइएको छ ।


Author

थप समाचार
x