अल्मुताइरीले मागे माफी
काठमाडौँ - राजीनामा दिने घोषणा गरेका नेपाली फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले सोमबार माफी मागेका छन् । केही समयअघि एक सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ताको विषयमा उनले माफी मागेका हुन् ।
विगतमा नेपाली राष्ट्रिय टिम नतिजाका लागि भन्दा पनि घुम्ने उद्देश्यका साथ विदेश जाने गरेको भन्ने अभिव्यक्ति दिएपछि अल्मुताइरी विवादमा तानिएका थिए । ‘गएको महिना एक अनलाइन मिडियासँगको अन्तवार्ताको क्रममा मैले दिएको अभिव्यक्तिले चिक्त दुखेको भए म सबै नेपाली, पूर्वखेलाडीहरू तथा प्रशिक्षकहरूसँग माफी माग्न चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने थिएन,’ अल्मुताइरीले लेखेका छन् ।
‘मेरो कसैप्रति द्वैष भावना छैन । म नेपालमा रहन पाएको र यहाँको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्न पाएकोमा गर्व गर्छु । नेपालको फुटबल टिमप्रति मेरो उच्च सम्मान छ,’ अल्मुताइरीले भनेका छन् ।