प्रदेश / स्थानीय सरकार

४० वर्षमाथिका सबैलाई खोप

इकागज | असोज ६, २०७८
चरिकोट : दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएकोे छ । यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोभिड १९ विरुद्धको भेरोसिल तथा कोभिसिल्ड खोप लगाइएकोमा यसपटक भेरोसिल खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले ४० वर्षामाथिका नागरिकसँगै पहिलो डोज लगाएर दोस्रोका प्रतिक्षामा रहेकालाई  खोप उपलब्ध गराइने जानकारी दिए । ...