कर्णाली

भूकम्पमा घाइतेको उद्धारका लागि १२ सय सुरक्षाकर्मी परिचालन

इकागज |
कात्तिक १८, २०८० शनिबार १२:१३ बजे

सुर्खेत- गएराति जाजरकोट केन्द्र भएर गएको ६.४ रेक्टरको भूकम्पले क्षति पुर्‍याएपछि उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा खटिएका छन् ।


उद्धारका लागि १२ सय भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । नेपाल प्रहरीका ८ सयभन्दा बढी प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।

नेपाल प्रहरीको तर्फबाट रूकुम पश्चिममा डिएसपीको कमान्डमा तीन सय २० जना र जाजरकोटमा डिएसपीको कमान्डमा चार सय ५० जनाको टोली खटिएको छ ।

चौरजहारी बेस क्याम्पबाट १०–१० जनाको टोली जाजरकोट र रूकुम पश्चिमका लागि खटिएको प्रहरी केन्द्रीय कार्यालयले जानकारी दिएको छ । त्यसैगरी सेनाको टोली पनि उद्धारमा खटिएको छ ।

र, यो पनि
 


Author

थप समाचार
x