‘अफशोर संसारले गरीबी बढाउँछ’

–जेरार्ड रायल, निर्देशक आईसीआईजे | असोज १७, २०७८

‍हामीले १४ वटा सेवा प्रदायकका एक करोड २० लाख कागजात (फाइल्स) केलाएका छौं ।  यी ‘ल फर्म’ ले विश्वका जुनसुकै व्यक्तिका लागि गोप्य अफशोर खाता (आफ्नो देशभन्दा बाहिर खोलिएका कम्पनी जसको खाता अरू कुनै देशको बैंकमा हुन्छ) खोलिदिने काम गरिरहेका छन् । 

अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र आईसीआईजेले यी सबै कागजात एउटा स्रोतबाट पाएको हो । आईसीआईजेले गत १० वर्षदेखि यो विषय नियालिरहेको छ । स्रोतका बारे मलाई पहिलेदेखि थाहा भए पनि मैले जब उसलाई भेटें यो विषय अहिलेसम्म देखेको भन्दा निकै ठूलो लाग्यो । 

आम मानिसका लागि यी कागजात धेरै महत्त्वपूर्ण छन् । यी दस्तावेजले के देखाउँछन् भने, यहाँ एउटा छायाँ विश्व छ, एउटा छायाँ अर्थव्यवस्था चलिरहेको छ । यो छायाँ संसारबारे हामी सचेत छैनांै, जहाँ कपट र धोका छ । यसले पहिल्यैदेखिका धनीलाई अझै धनी बनाइरहेको छ ।  

हामीले केही वर्षअघि पनामा पेपर्स प्रकाशन गर्दा यो व्यवस्थालाई समाप्त पार्नै पर्छ भनेर विश्वभर आक्रोश देखिएको थियो । तर, अहिले हामी के देखिरहेका छौं भने जसले यो छायाँ व्यवस्थालाई समाप्त पार्न सक्छन्, उनीहरूले नै यसबाट लाभ लिइरहेका छन् । 

यस्ता व्यक्तिहरूमा राष्ट्रपति, प्रधानमन्त्री, रक स्टारहरू छन् । पोर्न स्टार र आपराधिक व्यक्तिहरू समेत छन् । र, उनीहरूले आफ्नो अपराध लुकाउन अफशोर गोपनीयताको उपयोग गरिरहेका छन् । 

यो धन्दामा विश्वका पूर्व र बहालवाला ३९ जना नेता संलग्न भएको भेटेका छौं । त्यस्तै १०० भन्दा बढी देशका ५०० भन्दा बढी राजनीतिकर्मी र सरकारी अधिकारीको संलग्नता पाइएको छ । यसमा जोर्डनका राजाको नाम जोडिएको छ ।

उनीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन् । उनीहरूले घर, कार र अन्य महँगा सामग्री खरीद गरेका छन् । यसबाहेक हामीले केही विश्वका चर्चित व्यक्तिको विवरण भेटेका छौं, जसको नाम कागजातहरूमा उल्लेख छ ।

यो व्यवस्था अन्त्यका लागि अन्तर्राष्ट्रिय अभियानको आवश्यकता छ । तर नेता, राजनीतिकर्मी र सरकारी अधिकारीहरू नै यो कपटपूर्ण कार्यमा लागेका छन् त्यसैले यो चाँडै समाप्त होला जस्तो लाग्दैन । अब विश्वभरबाट जनताले यस्तो छायाँ व्यवस्थाको अन्त्यका लागि दबाब दिनै पर्छ ।

आम मानिसले अफशोर दुनियाँ विरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ । जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्या जस्ता थुप्रै समस्या निम्तिन्छन् । मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्र्याइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनुभन्दा अर्को हुँदैन ।

सिंगापुरमा एउटा एशियासिटी नाम गरेको कम्पनी छ । यो विश्वकै ठूलो मध्येको अफशोर सेवा प्रदायक कम्पनी हो । अष्ट्रेलियाली नागरिक ग्रेम ब्रिग्सले सञ्चालन गरेको यो कम्पनीका ग्राहकमध्ये ठूला ब्यांक, अकाउन्टेन्सी फर्महरू छन् । त्यस्तै उनीहरूका ग्राहकमा विभिन्न मुलुकका खराब व्यवस्थासँग जोडिएका कुख्यात व्यक्तिहरू पनि छन् । एशियासिटीले गोप्यता चाहने व्यक्तिका लागि अफशोर कम्पनी खोलिदिन्छ । यसले खासगरी कुक आइल्याण्ड्स र समोआ जस्ता देशमा बढी विशेषज्ञता राख्छ । यी दुई विश्वकै सबैभन्दा गोप्य अफशोर क्षेत्राधिकार भएका देशमध्येका हुन् । 

शेल कम्पनी (सामान्यतः कागजमा सिमित यस्ता कम्पनीको वास्तविक पहिचान, पूँजी र कर्मचारी हुँदैनन् । यी कम्पनीको मुख्य उद्देश्य वास्तविक मालिकको पहिचान लुकाउने, आफ्नो धन एवम् लगानीको जानकारी लुकाउने र कर छली गर्नु हुन्छ ।) हरू अपराधको अफशोर संसारमा छिराउने अनिवार्य वाहक हुन् । हामी यहाँ केही लाख डलरको कुरा गरिरहेका छैनौं, कुरा खर्बौं डलरको हो । एउटा पारिस्थितिकीय प्रणाली बनेको देखिन्छ । 

मलाई के लाग्छ भने, हामीले यो गोपनीयतालाई समाप्त ग¥यौं भने पनि अन्तर्राष्ट्रिय रूपमा मुद्रा निर्मलीकरण (मनी लाउन्डरिङ) समाप्त पार्न धेरै लामो बाटो हिंड्नुपर्नेछ । समस्या के हो भने, प्रहरीले आफ्नो सीमाभित्र मात्र अपराधीलाई पक्रन सक्छ । सीमा पारि प्रहरी जान सक्दैन । यो नै अफशोर संसारका अपराधीहरूका लागि शक्ति हो । उनीहरूले अफशोर शेल कम्पनीका दुई वा तीन तहबाट कारोबार गरे भने कसैले पनि वास्तवमा के भइरहेको छ भन्ने थाहा पाउँदैन । 

राजनीतिज्ञ र नेताहरूले यसलाई समाप्त पार्न सक्छन् तर, उनीहरू आफैंले शेल कम्पनीको प्रयोग गरिरहेकाले उनीहरूमा यसलाई रोक्ने इच्छाशक्ति नै छैन । 
(अष्ट्रेलियाको एबीसी टेलिभिजनका पत्रकार एलिस वर्थिङटनले आईसीआईजेका निर्देशक जेरार्ड रायलसँग गरेको कुराकानीको सम्पादित अंश)

अनि सोनप्रियाले भनिन्- हेर कमरेड ! हिजोआजको पुस्तामा एउटा समस्या छ...

नीरज लवजू | असोज १७, २०७८

कफी सप सुनसान थियो । पसलमा काम गर्ने किशोरी भुइँ पुछ्दै थिइन् । उनी घरी घरी आफूसँगैको आधा पानी भरिएक...

केपी शर्मा ओली : भारदारी सभामात्र रूचाउने ‘लोकतान्त्रिक नेता’

पुष्पराज आचार्य | असोज १५, २०७८

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र सर्वसम्मत हुने भएपछि मंसीरमा एमालेको दशौं महाधि...

गाँजा : रक्सीभन्दा ११४ गुणा सुरक्षित, कफीभन्दा उत्तम !

नारायण घिमिरे | असोज १३, २०७८

तपाईंको आफ्नो स्वास्थ्य स्थिति र शरीरको क्षमताअनुरूप अम्मली खाद्य पदार्थले तपाईंलाई दिने विषाक्तता अरूलाई द...

न्यायिक ‘विचलन’मा छिट्टै निष्कर्ष खोज्‍ने कि सडकसम्म पुग्‍ने ?

ओमप्रकाश अर्याल | असोज १३, २०७८

संवैधानिक विधि–प्रक्रिया र मान्यता उल्लंघन गर्दै जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसैमा आधा...

संविधान रोक्न मोदीको दूत बनेर आएका जयशंकरको ट्‍वीटले कुटनीतिमा तरंग

काठमाडौँ - राष्ट्रसंघको ७६ औँ महासभाको साइडलाइन वार्ता लगत्तै भारतीय विदेशमन्त्री यस जयशंकरले नेपाल&nda...

भारतले चीनसँग व्यापारिक सम्बन्ध मजबुत पार्नुपर्छ, द्वन्द्वतर्फ लम्किने होइन

सोनाली रानाडे | असोज ११, २०७८

ठूला शक्तिहरूको प्रतिद्वन्द्वीतामा केहीले आफ्नो स्वतन्त्र छनौटलाई बचाउ गर्न सक्ने क्षमतालाई निर्धारण गर्न सक्छन् ...