राजनीति

शीतलनिवासमा प्रधानमन्त्रीको डेढ घण्टा : बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेर फर्किए ओली

इकागज |
पुस ५, २०७७ आइतबार १३:५ बजे

फाइल तस्बिर

काठमाडौं : प्रधामन्त्री केपी शर्मा ओलीले संसदको विघटन प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राखपछि राजनीतिक ‘कू’ भएसँगै मुलुकमा यसबारे तीव्र बहस आरम्भ भएको छ । राजनीतिक हलचलसँगै छलफल विभिन्‍न कोणमा छलफल भएको छ । कुन तवरले यहाँको राजनीति अघि बढ्ने स्पष्ट छैन ।

राष्ट्रपतिले प्रधानमन्त्रीबाट आएको सिफारिसलाई प्रमाणित गर्ने संसदीय अभ्यास नै रहेको राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादबवले बताए । सल्लाहकार यादवले राष्ट्रपतिले सरकारको निर्णयलाई प्रमाणीत गर्ने बताए । ‘अहिले यहाँ प्रधानमन्त्री पनि आउनु भएको छ, छलफल चलिरहेको छ । छलफलले निश्कर्ष निकाल्ने छ,’ उनले भने, ‘संवैधानिक राष्ट्रपतिले सरकारको निर्णयलाई स्विकार गर्न पर्ने बाध्यता रहन्छ ।’


यद्यपि राष्ट्रपतिले छलफल गरेर निर्णय लिने उनले प्रष्ट पार्दै भने, ‘सरकारले कानुनी प्रक्रिया पुर्‍याएर, त्यसको ब्याख्या गरेर यहाँसम्म ल्याएको होला ।’ प्रधानमन्त्रीले बैशाखमै दुई चरणमा निर्वाचनको तयारी सहित यो तवरको निर्णयमा पुगेका हुन । उनले त्यहाँ निर्वाचन मिति समेत तोकेर ल्याएको हुनाले यसलाई असंवैधानिक भन्न नमिल्लने धारणा रहेको छ ।

यद्यपि कानुन विदहरूले भने ओलीको कदमलाई असंवैधानिक भनेका छन् । यद्यपि यसलाई राष्ट्रपति भण्डारीलाई सक्रिया पार्नको लागि लिएको नीतिको रुपमा पनि मान्न पनि सकिन्छ । राष्ट्रपतिले कार्यकारी अधिकार आफूमा निहित राखेर पनि शिफरिस गर्नसक्ने हुनाले ओलीले त्यहाँ धर्ना नै दिएका छन् ।

मुलुकमा कोभिडको महामारी रहेको समयमा यस प्रकारको निर्णयले सरकारमा रहेका मन्त्रीहरु नै असन्तुष्ट बनेका छन् । उनीहरुले ओलीको उक्त कदमलाई सहयोग नगरेको भएपनि ओलीले मुख्य सचिवलाई संसद विघटन गरेको जानकारी दिंदै नया निर्वाचनमा जाने विषय लेख्‍न लगाएका थिए ।

मुख्य सचिव शंकरदास बैरागीले उक्त निर्णय लेख्दै त्यसको जानकारी राष्ट्रपति कार्यालयमा पठाएका हुन । सचिव बैरागीलाई राष्ट्रपतिकोबाट फर्के लगत्तै प्रधानमन्त्रीले आफ्नो अफिसमा मुख्यसचिवलाई बोलाएका छन् । राष्ट्रपतिकोमा प्रधानमन्त्री ११ बजे प्रवेश गरेका हुन । उनी त्यहाँबाट आएपछि अन्य प्रक्रियागत कार्यमा लागेका हुन ।

र, यो पनि

- ओलीले स‌ंविधानको अपहरण गरे : जनार्दन शर्मा

- संविधानविद्हरू भन्छन् : संविधानमाथि ‘कू’

- प्रतिनिधि सभा विघटनै हुन सक्दैन : कानुनविद्

- संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

- भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद्‍ विघटनको ब्रेकिङ न्यूज

संसद्‍ विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस

 


Author

थप समाचार
x