डिफेन्स

९ डिआइजीले पाए दर्ज्यानी चिन्ह

इकागज | पुस २३, २०७७

काठमाडौँ : प्रहरी नायव महानिरीक्षक पदमा पदोन्‍नति भएका ९ जनालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट  प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका ९ जनालाई बिहीबार दर्ज्यानी चिन्ह प्रदान गिरएको हो । 

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक थापाले गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा महानिरीक्षक थापा क्षेत्रीले पदोन्‍नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई नेतृत्वदायी आचरण फेर्न र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जासाथ निर्वाह गर्न निर्देशन दिए । कार्यक्रममा पदोन्‍नति भएकाहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै कंडेलले प्रचलित कानुन र संगठनको नीति निर्देशन अनुसार काम गर्ने प्रतिबध्दता व्यक्त गरे । 

'सिन्धुलीगढी युध्द संग्रहालय'को आन्तरिक सजावटसम्बन्धी गोष्ठी सम्पन्‍न

इकागज | मंसिर २१, २०७७

काठमाडौं : सेनाको पहलमा निर्माणाधीन 'सिन्धुलीगढी युध्द संग्रहालय' को आन्तरिक सजावट प्रारुप तयार...