डिफेन्स

साइबर अपराध र काेभिडविरुद्ध चारै सुरक्षा निकायलाई सक्रिय हुन गृहमन्त्री खाणको निर्देशन

इकागज | साउन १०, २०७८

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले मुलुकको सुरक्षा अवस्था र विपत व्यवस्थापन लगायतका विषयमा चारै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । उनले छलफलमा नागरिकको सुरक्षालाई ध्यानमा राखेर आवश्यक समन्वय र सहकार्यमा जोड दिन पनि सबै सुरक्षा निकालाई निर्देशन दिए ।

गृहमन्त्रीको नेतृत्वमा मन्त्रालयमा लामो बैठक बसेको थियो । उक्त बैठकमा विशेष गरी साइबर सुरक्षा, कोभिडको तेस्रो लहर आएमा त्यसको रोकथाम र नियन्त्रण लगायतका विषमया छलफल गरेका थिए । 

कोभिडको तेस्रो लहर बढ्ने सम्भावना रहेकोले यसलाई रोकथाम र नियन्त्रण गर्न सबै सुरक्षा निकाय परिचालित हुने निर्णय बैठकले गरेको छ ।  स्वास्थ्य सामाग्रीको सहज व्यवस्थापन तथा कालो बजारी नियन्त्रणमा पनि ध्यान दिन प्रहरीलाई उनले निर्देश दिएका छन् । 

उनले बाढीले गरेको क्षति, विपत व्यवस्थापन लगायतको विषयमा पनि छलफल गरका थिए । उनले खासगरी बैकहरूमा साइबर हमला हुने हल्ला रहेको र त्यसलाई नियन्त्रण कसरी गर्ने भन्नेबारे पनि छलफल भएको थियो । यसअघि कसरी काम गरेको र त्‍यसको नियन्त्रण कत्तिको प्रभावकारी भएको जस्ता विषमा पनि छलफल भएको एक सहभागीले जानकारी दिए ।

खासगरी साइबर अपराध नियन्त्रणका लागि सुरक्षा निकाय निकै सचेत रहँदै आवश्यक पर्ने उपकरणको माग गर्न समेत सक्ने धारणा राखेका थिए ।  बैठकमा साइबर अपराधका नयाँ तथ्यहरू आइरहँदा त्यसलाई चिर्न सक्ने उपाए बारेमा पनि छलफल भयो ।

केही दिनअघि नेपाल राष्ट्र बैंकसहित प्रमुख निजी बैंकमा साइबर हमलाका खबर आएका थिए । यस्तो हमला कमजोर संयन्त्र भएको मुलुकमा हुने  गरेका छन् । मन्त्री खाणले यस अलवा महामारीका समयमा कालोबजारी बढेको त्यसमा राजश्वसँगको सहकार्यमा ध्यान दिएर अघि बढ्न पनि सुरक्षा  निकायलाई निर्देशन दिएका छन् ।

यसमा प्रहरी प्रशासन मुकदर्शक भएको भन्दै त्यस्ता कार्यमा प्रहरीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । खाणको नेतृत्वमा गृह सचिव महेश्वर न्यौपाने, सेनाका रथी प्रभुराम शर्मा, सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र अनुसन्धान प्रमुख गणेश अधिकारीबीचको आजको छलफलमा विगतको समीक्षा पनि भएको थियो । 

सेनाको दाबी : काठमाडौँ-तराई/मधेश द्रुतमार्ग वार्षिक लक्ष्य अनुसार नै अघि बढेको छ

इकागज | साउन ५, २०७८

काठमाडौँ - नेपाली सेनाको व्यवस्थापनमा निर्माणधिन काठमाडौँ-तराई/मधेश द्रुतमार्ग (एक्सप्रेस वे) भौतिक...

सेन्ट्रल अफ्रिकन गणतन्त्र र मालीका नेपाली शान्ति सैनिकको अदली-बदली सुरु

इकागज | साउन २, २०७८

काठमाडौँ - संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन गणतन्त्र मिशनमा तैनाथ सैनिक...

हिमाली पर्यावरण र पर्वतारोहणको सुरक्षाबारे परिषद्‍को दुई दिने वेबिनार सकियो

इकागज | असार १४, २०७८

काठमाडौँ : राष्ट्रिय सुरक्षा परिषद्‍बाट सञ्‍चालित 'नेपालको हिमाली पर्यावरण र पर्वतारोहण...