वार्ता

अन्तर्वार्ता

‘अहिले कम्युनिस्ट मुभमेन्टको विवादरहित नेता ओलीजी नै हो, उहाँ दोहोरिए राम्रो हुन्छ'

इकागज | मंसिर १०, २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन चितवनमा छन् । महाधिवेशन आज नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । महाधिवेशनको एक दिनअघि भरतपुर पुगेका ठाकुरसँग एमालेको महाधिवेशन, आगामी नेतृत्वसँग सहकार्यलगायत विषयमा गरिएको कुराकानी :

एमाले महाधिवेशनमा किन आउनुभयो ?
एउटा त शुभकामना दिन आएको हुँ । शुभकामना आदानप्रदान राजनीतिक संस्कार हो । पार्टीबीच आदान प्रदान हुन्छ । दोस्रो धन्यवाद पनि दिन आएँ ।

धन्यवाद किन ?
किनभने हाम्रा जो माग थिए, मधेसका माग सम्बोधनमा एमालेले अग्रसरता लियो । अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीजीले प्रयास गर्नुभयो । संविधान संशोधनको प्रयास, मधेसी नेता कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्ता (१२ सयमा १४० जना मुक्त) र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रयास, नागरिक ऐन ल्याएको (यद्यपि अदालतले रोकिदियो) र इतिहासमै पहिलोपटक मन्त्रिमण्डलमा ५० प्रतिशतभन्दा बढी मधेसी सहभागिता (त्यो पनि अदालतले रुचाएन) गराएकाले एमालेलाई धन्यवाद पनि दिनेछु ।

ओलीजीले प्रयास गर्नुभयो, केही सफलता पनि भयो । तर, जुन मुख्य मुद्दा थियो गर्न सम्बोधन गर्न नपाउँदै उहाँ जानुभयो ।

एमालेको महाधिवेशनमा शुभकामना दिँदै गर्दा कस्तो नेतृत्व आओस् भन्‍ने चाहनुहुन्छ ?
एमाले अहिले पनि लार्जेस्ट पार्टी हो । सत्ता उसकै हातमा थियो । दुईतिहाइको थियो । विभिन्‍न कारणले टुटफुट भयो । सत्ता गयो । अदालतको पनि कृपा रहेन । त्यसकारण हामी चाहन्छौं कि यो महाधिवेशनबाट एमाले अझै मजबुत भएर आओस् भन्‍ने हाम्रो शुभकामना छ । ओलीजी दोहोरिए राम्रो हुन्छ, हाम्रो शुभकामना छ ।

एमालेको आउने नेतृत्वले राष्ट्रिय राजनीतिमा कस्तो असर पार्छ ?
एमालेको नेतृत्व अहिले जसको हातमा छ त्यो (केपी ओली) कम्युनिस्ट मुभमेन्टको डिस्पुटेड लिडर अर्थात विवादरहीत नेता हो । प्रचण्डजीको त्यो अवस्था छैन । एक समय थियो, उहाँ (प्रचण्ड)को तुलना गौतम बुद्ध र पृथ्वीनारायण शाहसँग गरिन्थ्यो । तर अहिले त्यो स्थिति छैन ।

माधव नेपालजी त साथी-साथी हो । भर्खर छुट्टिएर जानुभएको छ । उहाँ (माधव) आउनु हुन्छ कि आउनुहुन्‍न थाहा छैन । त्यसकारण अहिले कम्युनिस्ट मुभमेन्टको विवादरहीत नेता ओलीजी नै हो ।

उहाँको भूमिका के हुन्छ राष्ट्रिय राजनीतिमा ?
राष्ट्रिय राजनीतिमा हामीले संकल्प गरेका एजेण्डा अलपत्र छन् । ओलीजीले अगाडि बढाउन प्रयास गर्दा सफल भएन । अहिले राज्य नै अनिर्णयको बन्दी बनेको छ । प्रतिनिधिसभा पनि काम गरिरहेको छैन । सत्ता गठबन्धनमा विभिन्‍न मतले कार्यपालिका पनि चल्न सकेको छैन ।

अदालतको हालत त अहिले देखिएको छ । कुनै पनि अंग फङ्सनिङ अवस्थामा छैन । सहज अवस्था ल्याउन देशको पहिलो पार्टी बलियो हुनु आवश्यक छ । नेतृत्व पनि बलियो भयो भने भूमिका प्रभावकारी हुन्छ ।

एमालेको अब आउने नेतृत्वसँग साझेदारी, समन्वय र अब आउने चुनावमा गठबन्धनको सम्भावना छ ?
हाम्रो माग मुद्दा अझै सम्बोधन भएको छैन । हाम्रो प्राथमिकता सम्बोधन गरे हुनसक्छ । माग, मुद्दाका आधारमा त्यतिखेरै निर्धारण हुन्छ ।

अन्तिममा एमाले महाधिवेशनमा के शुभकामना दिन चाहनु हुन्छ ?
हाम्रो शुभकामना छ कि यो महाधिवेशनबाट तपाईँको उचाई बढोस् । आकाशभन्दा उचो होस् । मजबुत भएर आउनुस् । देवताले समुद्र मन्थन गरेका थिए, तपाईँहरु जनमन्थन गरेर आउनुभएको छ, नवरत्न बन्‍नुस् ।

नीति साझा बनाउँ, अब्बल नेतृत्व चयन गरौं  (अन्तर्वार्ता भिडियोसहित)

पुष्पराज आचार्य | मंसिर ६, २०७८

नेकपा एमालेभित्र वैचारिक नेताको छवि बनाएका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे आसन्न १०औं महाधिवेशनमा कस...

‘पकेटका मान्छे छानेर नेता बनाउँछु भन्‍ने सोच अब एमालेमा हुनुहुँदैन’

अनिष भट्टराई | मंसिर ६, २०७८

तत्कालीन नेकपा एकता खारेजपछि ब्युँतिएको नेकपा (एमाले)ले पनि विभाजन भयो । खासमा एमालेको विभाजन ...

उपभोक्ता सचेत नभएपछि प्रभावशालीहरूको स्वार्थमा पिसिन्छन्, अहिले ब्याजदरमा त्यही भएको हो

इकागज | मंसिर ५, २०७८

नेपाल राष्ट्र बैंकले बैंकहरूमा देखिएको तरलता अभावले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने भन्दै घुमाउरो ढ...

‘पहिले बहिर्गमन हुनुपर्छ, प्रधानन्‍यायाधीशसँग वार्ता हुँदैन’

प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले निरन्‍तर आन्‍दोलन ...

'गुटगत समीकरण मिलाएर नेतृत्वमा पुग्‍नेहरूले कांग्रेस कमजोर बनाए'

इकागज | मंसिर ३, २०७८

नेपाली कांग्रेसका नेता महेश आचार्यले आसन्न १४औं महाधिवेशनमा उपसभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । २०...

करसम्बन्धी ११ प्रश्नोत्तर : शासक-प्रशासकको विलासितामा धेरै कर खर्चिनु करदातामाथि अन्याय

अनिष भट्टराई | मंसिर १, २०७८

काठमाडौँ - दसौं राष्ट्रिय कर दिवस बुधबार मनाइँदै छ । नेपालमा हरेक वर्ष मंसिर १ गते कर दिवस मनाइन्छ । ...

‘मुस्ताङको तापक्रम अत्यधिक बढेको छ, हिमपहिरो घटना दोहोरिन सक्छ’

इकागज | कात्तिक ३०, २०७८

मुस्ताङको टुकुचे हिमालबाट आइतबार बिहान हिमपहिरो खसेपछि हिमाली क्षेत्र त्रासमा छ । विभिन्‍न अध्ययनले...

पद र प्रतिष्ठालाई सम्झौता गरेर खान पल्केका एकतन्त्रवादीहरू त जेसुकै गर्न पनि तयार हुन्छन्

पुष्पराज आचार्य | कात्तिक २९, २०७८

नेपाल कम्युनिष्ट पार्टी एमालेको आसन्न दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरिरहेका उपाध्यक्ष ...