राजनीति

संसद्‍ विघटन प्रस्तावपछि आन्तरिक छलफलमा जुटिन् राष्ट्रपति

इकागज |
पुस ५, २०७७ आइतबार १३:४२ बजे

फाइल तस्बिर

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा आन्तरिक छलफल सुरु गरेकी छन् । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई विघटनसम्बन्धी प्रस्ताव बुझाएर फर्किएपछि आन्तरिक छलफलमा जुटेकी हुन् ।

‘राष्ट्रपतिबाट प्रधानमन्त्रीको सिफारिश सम्बन्धमा निर्णय भइसकेको छैन’ राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टीकाप्रसाद ढकालले इकागजसँग भने, ‘प्रस्तावबारे निर्णय लिन हतारिनु भएन ।’ उनले प्रस्तावबारे आन्तरिक छलफल चलिरहेको जानकारी दिँदै निर्णयमा केही समय लाग्‍ने बताए ।


प्रस्तावबारे संविधान तथा कानूनका विज्ञ र राजनीतिक दलहरुसँग परामर्श हुन्छ कि भन्‍ने प्रश्नमा ढकालले भने, ‘संविधानले त्यसरी व्यापक रुपमा छलफल गर्न सक्ने अधिकार दिएको छैन । बरु अन्तरिम संविधानमा परामर्श गर्ने ठाउँ थियो ।’ राष्ट्रपतिले अनौपचारिक आवश्यक परामर्श गर्ने ठाउँ भए पनि औपचारिक व्यापक परामर्श गर्न नसकिने ढकालले बताए ।

र, यो पनि

प्रधानमन्त्रीको कदमविरुध्द सबै दल एकमत

महाअभियोग र अविश्‍वास प्रस्तावबाट आत्‍तिएका ओलीको काठमाडौंमा एक फन्को

प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक : देउवा

शीतलनिवासमा प्रधानमन्त्रीको डेढ घण्टा : बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेर फर्किए ओली

ओलीले स‌ंविधानको अपहरण गरे : जनार्दन शर्मा

संविधानविद्हरू भन्छन् : संविधानमाथि ‘कू’

प्रतिनिधि सभा विघटनै हुन सक्दैन : कानुनविद्

संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद्‍ विघटनको ब्रेकिङ न्यूज

संसद्‍ विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस


Author

थप समाचार
x