माओवादी केन्द्रकाे उपाध्यक्षमा श्रेष्ठ र महरा

इकागज | असार २३, २०७९

काठमाडौँ-  नेकपा (माओवादी केन्द्र) ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष बनाएको छ । 

बिहीबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्यूरो गठन गरेको बताए । उनले १२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए । उनले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै राखिएको पनि स्पष्ट पारे ।

त्यस्तै पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुंगो लाग्‍ने बताए । नेता पोखरेलले केन्द्रिय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्यहरु चयन हुन ढिला भएको उल्लेख गरे ।

नेता पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल सबै खालका संघर्ष गरेर आएका कारण स्थापित नेतृत्व भएकोले अध्यक्षमा कतिपय कुरा केन्द्रित हुनु स्वाभाविक रहेको जिकिर गरे । 

माओवादीले भन्यो - एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस्

इकागज | असार २३, २०७९

काठमाडौँ - सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी...

कमल थापाको पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष र महासचिव नै लिङ्देनको राप्रपामा प्रवेश

इकागज | असार २३, २०७९

काठमाडौँ- कमल थापा नेतृत्वको राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष ...

महाधिवेशन सकिएको ६ महिना नबित्दै विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

इकागज | असार २३, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका ...

माओवादीमा महासचिव छान्‍न माथापच्ची, उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म'

इकागज | असार २३, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ पक्का भएता पनि महासचिवलगायत अन्य प...

कम्युनिष्टको अनुहार एमालेभित्र मात्रै छ, कसैले कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल

इकागज | असार २२, २०७९

कैलाली - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्न...

लामो समयदेखि नागरिकता विधेयकलाई अल्झाइ राखेकाले नयाँ विधेयक ल्याउनु सकारात्मक : राजेन्द्र महत्तो

इकागज | असार २२, २०७९

काठमाडौँ - सरकारले प्रतिनिधिसभाको बैठक आगामी बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी ...