विचार

समुन्नत नेपाल

खुला सिमाना र मगन्तेहरूको बिगबिगी

सूर्यनाथ उपाध्याय |
असोज ९, २०७९ ७:५४ बजे

१ अर्ब ४० करोड जनसंख्य भएको इन्डिया र हाम्रो नेपालबीचको सरदर १८५० किलोमिटर लामो खुला सिमानाले गर्दा राजश्व छली, लागू पदार्थ ओसार पसार, मानव तस्करी, अपराधीहरूको क्रियाकलापदेखि लिएर राष्ट्रिय र समाजिक सुरक्षा जस्ता अनेकौं दुर्गतिहरू नेपालीले भोग्नु परिरहेको छ । संसारमा कतै नभएको मानिसको आवत जावतको कुनै लेखाजोखा नराखिने गरी मानिस खुला सिमानाबाट आवत जावत गर्ने दुई स्वतन्त्र र सार्वभौम राष्ट्रबीचको यस्तो व्यवस्थाले नेपालको अस्तित्वलाई नै चौतर्फी रुपले नकारात्मक असर परिरहेको छ ।

सीमालाई व्यवस्थित गर्नमा इन्डियाको कुनै चासो छैन । नेपालका पनि इन्डिया परस्त व्यक्तिहरू यसलाई खुला नै राख्नु पर्छ भन्दछन् यसले गर्दा उनीहरूको देशप्रतिको लगावमा पनि प्रश्नवाचक चिन्ह उपस्थित हुन्छ । दुई देशबीच जनमानसस्तरमा सम्बन्धहरू छन्, पारिवारिक लेनदेन र धर्म संस्कृति पनि मिल्दो जुल्दो भएको हुनाले खुला राख्न पर्छ भन्नेहरूले पनि के बुझ्न जरुरी छ भने सीमाको नियमन सित यी विषयहरू जोडेर सिमानालाई सन्दर्भहीन बनाउँदा देशको अस्तित्व र सुरक्षामा नै ठूलो खतरा उत्पन्न हुन्छ । सीमालाई व्यवस्थित गर्दा र आवत जावतका लागि नाकाहरू तोकी परिचयपत्रको रेकर्ड राख्ने व्यवस्थाले धर्म, संस्कृति र परिवारिक सम्बन्धलाई कुनै नकारात्मक असर पर्दैन । रोटी–बेटीको सम्बन्ध इन्डियामा मात्र हैन अब त यो फैलिएर अमेरिका, अष्ट्रलियातिर पनि पुगिसकेको छ । ती देशहरूसित पनि यस्तै व्यवस्था सम्भव छ ? व्यक्तिगत सम्बन्ध र राज्यगत सम्बन्ध यी बेग्ला बेग्लै विषय हुन् ।


त्यसलाई अरुसित मिसाएर छासमिस गर्न मिल्दैन । त्यस्तो विषयमा कुनै पनि देशका नागरिक सचेत हुनु पर्छ । आफ्नो देशप्रतिको लगाव हुने कुनै पनि नागरिकले यस्तो लथालिङ्गे व्यवस्थालाई सहन सक्दैनन् । तर हामी भने यसबारे प्रश्न गर्दैनौं । सुस्ता र कालापानीमा हाम्रो भूभाग इन्डियाले मिचेकोमा हामी ठूलो स्वरले कराएका छौं । तर त्योभन्दा पनि अझ झन् खराव र दूरगामी असर परिरहेको र भोलि पर्सिका दिनहरूमा परिरहने नकारात्मक असरबारे मौन रहनु उपयुक्त हैन । यो खुला सिमानाले गर्दा हुने विभिन्न नकारात्मक असरमध्ये एउटा असर मगन्ते कै लियौं भने पनि त्यस्को नकारात्मक प्रभाव छर्लङ हुन आउँछ । इन्डिया जनसंख्याको दृष्टिले संसारमै ठूलो देश हो । चीन पछि संसारमा नै ठूलो रहेको इन्डियाको जनसंख्याको वृद्धिदरलार्ई केलाउने हो भने आउँदा दिनहरूमा १ अरव ४५ करोड जनसंख्या भएको देश चीनलाई पनि इन्डियाले उछिन्ने देखिन्छ । त्यति मात्र हैन, इन्डियामा मागेर खाने साधुहरू नै चालिस पचास लाख छन्, मागेर खाने मगन्तेहरू पनि लाखौं छन् । आफ्नो घर नभएका सुकुम्बासीहरू २०/२५ लाख र गरिबीको रेखामुनिको संख्या लगभग पनि १० करोड छ । यी सबै गरेर करोडौंको संख्या पुग्दछ ।

यस्ता व्यक्तिहरू खुला सिमानाबाट नेपाल छिर्ने र अवाञ्छित क्रियाकलापमा लाग्ने सम्भावना प्रशस्त छ । हामीले यस्ता कुराहरू भोगी नै रहेका छौं । समुन्नत नेपाल गुठीले गरेको एक अध्ययन अनुसार भारतीय मगन्ते र जोगीहरू तथा घरबार विहीनहरू नेपालमा आई मागेर वा फोहर जम्मा पारेर बेच्ने, फलाम र अन्य पत्रु सामानहरू उठाई कवाड खानामा बिक्रि गर्नेहरूको संख्या लाखौंको छ । यस्ता मगन्तेहरू विभिन्न रुपमा विभिन्न टोलमा एका बिहानदेखि ठूलो स्वरमा कराउँदै माग्दै हिँड्ने गरेका छन् । यिनीहरूको हल्ला खल्लाले मानिसहरू आफ्नो घरमा सुरक्षित रुपले आरामसित वस्न पाउँदैनन् । बिहानदेखि बेलुकासम्म यिनीहरूले हल्ला खल्ला गरी मानिसको दैनिक क्रियाकलाप र शान्तिमा ठूलो खलल पुर्‍याइरहेका छन् । काठमाडौं उपत्यकामा मात्रै हैन सबैतिर यस्तो समस्या छ । सडक मगन्ते मात्र हैन मठ मन्दिरहरूमा पनि यिनीहरूको बिगबिगी उत्तिकै छ । हाम्रो नगरपालिका र वडाका जिम्मेवार व्यक्तिहरू यसको उपेक्षा गरिरहेका छन् । यसलाई रोक्ने प्रयास गरेको देखिँदैन । 

हाम्रो मुलुकी फौज्दारी ऐनको दफा १२६ ले भिक्षा माग्न वा लगाउनमा रोक लगाएको छ । त्यस्तो गरेमा कसुर गर्ने व्यक्तिलाई कसूरको मात्राअनुसार एक वर्ष देखि ३ वर्ष सम्म कैद, १० हजार रुपैंयाँ देखि ३० हजार रुपैंयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । तर कानुनको यो व्यवस्थालाई कार्यान्वयन गर्न गराउन भने हाम्रो सरकार र खास गरी प्रत्यक्ष रुपले नागरिकको जीवनमा असर पर्ने भएकोले स्थानीय निकायहरूले अग्रसरता लिन पर्नेमा ती निकायहरू यस विषयमा निस्कृय भएर बसेका छन् । कुनै प्रयत्न गरिरहेका छैनन् । एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा मात्र ५–१० हजार यस्ता मानिस छन् । उनीहरूको सरदर आम्दानी दैनिक २–३ हजार भन्दा बढी नै छ । यस्तो व्यवस्थाले नेपालीहरूले खाडीका देशमा आफ्नो ज्यान जोखिममा पारेर जम्मा गरेको रकम यी इन्डियाका मगन्तेहरूले लगिरहेका छन् ।

यसलाई रोक्नतर्फ कसैले चासो लिएको छैन । भारतका मानिसहरूले यस्ता भिखारीहरूलाई गाडीमा राखी सिमाना कटाउने र नेपालतर्फ हुलिदिने पनि गरेका छन् । यी मध्ये असक्त र बिरामीलाई मानव सेवा आश्रमले आफू लगेर हेरचाह गरी निको तुल्याएपछि उनीहरूलाई फिर्ता लैजान इन्डियाको दूतावासमा अनुरोध गर्दा राजदूतावासले यस्ता व्यक्तिहरू इन्डियन नै हुन भन्ने के प्रमाण छ भनी त्यसप्रति कुनै चासो राखेको छैन । उसलाई थाहा छ नेपालमा आएर इन्डियाका भिखारीहरूले मागेर खानु एक किसिमको अधिकार नै हो भन्ने जसरी व्याख्या गरेका छन् । इन्डियाबाट आएका यस्ता मगन्तेहरू छ्याप्प छ्याप्ती हाम्रो देशका ठूला सहरहरूमा देख्न सकिन्छ ।

आफ्ना मानिसको त राम्ररी हेरविचार पुर्‍याउने नसकी रहेको हाम्रो देशले इन्डियनहरूको यस्तो मिचाहा पारालाई कसरी बेहोर्न सक्छ । यसतर्फ हाम्रो सरकार र खास गरेर स्थानीय निकायहरू सक्रिय भएर लाग्न र यिनीहरूलाई रोक्न सक्नुपर्छ । उनीहरूलाई यहाँ राखेर पालन पोषण गर्न पर्ने हाम्रो कुनै दायित्व छैन । कुनै सन्धि सम्झौताले हामीलाई यस्ता कुराहरू बेहोर्न बाध्य पारेको छैन । मगन्ते र कवाडी अर्थात् पत्रु सामान बटुल्दै कराउँदै हिँड्ने र आफ्नो साना मसिना चिजहरू वेच्ने यस्ता इन्डियनहरूलाई रोक्नमा सक्रियता देखाउनु आवश्यक छ । अन्यथा पहिलो त सहरलाई कुरुप बनाउँछ । मानिसहरू आनन्दले आफ्नो घर कम्पाउन्डमा बस्न पाउँदैनन् । चोरी बढ्छ र देशको रकम पनि बाहिर जान्छ । देख्दा सानो देखिने तर व्यवहारमा दूरगामी असर पु¥याउँछ । यसतर्फ सरोकारवाला सरकारी निकायले यसलाई रोक्नतर्फ लाग्नु आवश्यक भइसकेको छ ।

*समुन्‍नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क) राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख) सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग) साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ) परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति-निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ ।

प्रतिक्रियाको लागि: [email protected]

समुन्‍नत नेपालका प्रकाशित लेखहरू 

- जलवायु परिवर्तनः ऋणको पासो ?

- कृषि क्षेत्रमा विपद्:  व्यवस्था धेरै, प्रतिफल थोरै

- जल-प्रकोप पर्खिने काठमाडौँँ

नेपालको विपद्‍ग्रस्त कृषि क्षेत्र

-​ तीतो सत्य : वातावरणीय मूल्याङ्कनमा विकल्प विश्लेषण नहुँदा

- चुनौतीको जालोमा हाम्रो उच्च शिक्षा

-​ कोही किन भ्रष्ट हुन्छ ?

राष्ट्रिय सुरक्षाका जोखिम कम गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमहरू

जलविद्युत्‌ र जलस्रोत सहयोगमा रणनीतिक सोचाइ सम्भव छ

-​ भ्रष्टाचार र गरिबीको लगनगाँठो

नेपालको खाद्य सुरक्षा कति सुरक्षित ?

न्यायालयमा अधिकार दुरुपयोग र अशुद्धिकरणको प्रसंग

कुलतग्रस्त खुला सीमा

पश्चिम सेती जलस्रोत परियोजना : लाभ–हानि र जोखिम

-  वातावरणीय निकायहरूबीच निष्क्रिय समन्वय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : किन र केका लागि ?

भ्रष्ट र कुशासनलाई बढार्न राजनीतिको मूलधारमा सुशासनका एजेन्डा

के नेपाल जलस्रोतमा विश्वकै धनी हो ?

-  नेपालमा एकीकृत जलस्रोत व्यवस्थापन : सन्दर्भ र चुनौती

हामी कोही सुरक्षित छैनौँ

‘भन्‍न नहुने कुरा, गाउन नहुने गीत’को गतिमा उद्योग

- जलवायु परिवर्तन र नेपालको अस्तित्वको सवाल

हुलाक टिकटमा नेपालको इतिहास : जिउँदा सत्यमोहनदेखि दिवंगत राजा वीरेन्द्रसम्म

प्रधानमन्त्री देउवाको भारत भ्रमण : धरमराइरहेका आधारभूत पक्ष

मन्त्रीजीको भ्रष्टाचार चर्तिकला !

संविधानमा रहेका आयोगहरूको उपयोग र औचित्य


Author

थप समाचार
ad
x