राजनीति

संसद्‍ विघटन प्रस्तावबारे भारतीय मिडियाको टिप्‍पणी : चीन निकट ओली सरकार संकटमा

इकागज |
पुस ५, २०७७ आइतबार १४:१ बजे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार संसद्‍ विघटनका लागि राष्ट्रपति समक्ष गरेको प्रस्तावले नेपाली राजनीति गर्माएको छ । प्रधानमन्त्री ओलीलाई भारतसँगको सम्बन्धबारे जोडेर विभिन्‍न टिप्पणी गर्ने भारतीय सञ्चारमाध्यम पनि यो घटनाबारे निकै चासो दिइरहेका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले हिउँदे अधिवेशनको मौका छोपेर सत्तारुढ दलका बागी नेताहरुसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने सुइँको पाएर प्रधानमन्त्री ओलीले संसद्‍ विघटनको प्रस्ताव गरेको नवभारत टाइम्सले लेखेको छ । उसले लेखेको छ, 'कांग्रेस संसद्‍को हिउँदे अधिवेशन बोलाउन हतारिएको थियो । प्रधानमन्त्री ओली निकटका व्यक्तिलाई कांग्रेसले संसद्‍ बोलाउने षडयन्त्रकारी योजनाबारे अवगत दियो । कांग्रेसको वास्तविक योजना नेकपाका वागी नेताहरुसँग मिलेर ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने थियो ।'


टाइम्स अफ इन्डियाले नेकपाको आन्तरिक विवाद क्लाइमेक्समा पुगेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्णय लिएको बताएको छ । उसले भनेको छ, 'सत्तारुढ दल नेकपामा आरोप-प्रत्यारोप चलिरहँदा प्रचण्ड र माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीको राजिनामा मागिरहेका थिए । गत जुनमा ओलीले भारतीय रणनीतिक भुभागलाई नेपालको नक्सामा राखेकै कारणले आफ्नो राजीनामा मागिएको अभिव्यक्ति दिएका थिए ।' चीन निकट रहेको नेपालको सरकार राजनीतिक संकटमा परेको दैनिक भाष्करले टिप्पणी गरेको छ ।

र, यो पनि

२० अर्ब खर्च गरेर भएको थियो संसदीय चुनाव

संसद्‍ विघटन प्रस्तावपछि आन्तरिक छलफलमा जुटिन् राष्ट्रपति

प्रधानमन्त्रीको कदमविरुध्द सबै दल एकमत

महाअभियोग र अविश्‍वास प्रस्तावबाट आत्‍तिएका ओलीको काठमाडौंमा एक फन्को

प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक : देउवा

शीतलनिवासमा प्रधानमन्त्रीको डेढ घण्टा : बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेर फर्किए ओली

ओलीले स‌ंविधानको अपहरण गरे : जनार्दन शर्मा

संविधानविद्हरू भन्छन् : संविधानमाथि ‘कू’

प्रतिनिधि सभा विघटनै हुन सक्दैन : कानुनविद्

संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद्‍ विघटनको ब्रेकिङ न्यूज

संसद्‍ विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस

 


Author

थप समाचार
x