शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

‘राष्ट्रपतिबाट अमूर्त भाषामा संविधानका धारा प्रयोग भयो’

संविधानवाद संकटमा परेको छ

सर्वोच्‍च अदालतका पूर्व प्रधान्यायाधीश कल्याण श्रेष्ठले प्रतिनिधिसभा विघटनले मुलुकको संविधानवाद नै संकटमा परेको टिप्पणी गर्छन् । प्रतिनिधिसभा विघटनपछि इकागजसँग आइतबार संक्षिप्त कुराकानी गर्दै श्रेष्ठले भने, ‘संविधानको धाराको अमूर्त प्रयोग भएको छ ।’

तपाईले प्रतिनिधिसभा विघटनसम्बन्धी राष्ट्रपति र प्रधानमन्त्रीको निर्णय कसरी लिनु भएको छ ?
मैले राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिका भाषा बुझ्‍न सकिनँ । त्यो विज्ञप्तिमा संविधानतः संसद विघटन गर्न के पूर्वावस्था थियो भन्‍ने देखिन्‍न । यसरी संसद विघटन गर्नुपर्ने अवस्था थियो कि थिएन भन्‍ने सिफारिसकर्ता र निर्णायकर्तालाई थाहा हुने स्थिति देखिन्छ । तर हामीले त्यसलाई कसरी बु्झ्‍ने ? संविधान प्रयोग हुन खास अवस्था विद्यमान हुनुपर्छ । ती धाराहरु प्रयोग गर्न ‘पूर्वावस्था’हरु चाहिन्छन् ।

तपाईलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै पनि संवैधानिक पूर्वावस्था छैन भन्‍ने लाग्छ ? 
प्रतिनिधिसभा विघटन गर्न सकिने आधार र परिस्थिति के÷के हुन् भन्‍ने मैले बुझ्‍न सकेको छैन । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारासम्म उल्लेख भएको देखिन्छ । त्यसमा कुनै परिस्थिति उल्लेख गरेको देखिन्‍न । त्यसम परिस्थिति उल्लेख नगरेको हुँदा निर्णयकर्ता र नागरिकले आफै ‘अनुमान’ गर्ने स्थिति हुँदैन । राष्ट्रपतिको निर्णयमा धारा उल्लेख गरेर मात्र पुग्दैन । किनभने संविधानको त्यो धारा आफै तथ्य बोल्दैन ।

त्यसो भए संसद विघटन गर्न सक्ने कुनै संवैधानिक आधार देखिँदैन भन्‍ने हो ?
कुनै परिस्थिति देखाएर संसद विघटन गर्न सक्ने कानुन पनि म देख्दिनँ । संविधान हेर्ने हो भने प्रधानमन्त्रीले विश्वास मत लिन नसकेको वा प्रधानमन्त्री नियुक्त हुन सक्ने अवस्था नरहेको रहेमा चाहिँ संविधानको धारा प्रयोग हुने अवस्था देखिन्छ । त्यसबाहेक अन्य आधार संविधानका प्रावधानमा भएको म पाउँदिन । राष्ट्रपतिको विज्ञप्तिबाट केही पनि परिस्थिति बुझिँदैन ।

राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान उल्लंघन भएकै हो त ?
राष्ट्रपतिको विज्ञप्तिमा उल्लेखित धारा प्रयोगका सन्दर्भमा अदालतमा रीट पर्‍यो भने त्यही परीक्षण होला । सामान्य मानिसले कुन परिस्थिति उत्पन्‍न भएपछि संसद विघटन भयो होला भन्‍न सकिने अवस्था छैन । त्यसकारण यसरी अमूर्त र अस्पष्ट शैलीमा प्रयोग गरी संविधानलाई जोखिममा पार्नु धेरै नै चिन्ताजनक विषय हो ।

अब संवैधानिक र राजनीतिक कोर्स के हुनसक्छ ?    
अब प्रतिनिधिसभा विघटनसम्बन्धी विवाद सर्वोच्‍च अदालतमा रीट गएको खण्डमा उसले लिने निर्णय एउटा हुन्छ । अर्काे पक्षमा भनेको विघटन भइसकेको स्थितिमा चुनावका निम्ति अर्काे तयारी गर्ने हो । यी दुई कोर्स बढी संविधानमा देखिँदैन । राजनीतिक कोर्सबारे त संविधानबमोजिम काम गर्ने भए पो जवाफ दिन सकिन्छ । राजनीतिक कोर्स सडकमा पुग्छ कि अन्यत्र जान्छ, त्यो हेर्न बाँकी छ । राजनीतिक कोर्स, राजनीतिक वर्गले निर्णय गर्ने सवाल रह्यो ।

अब संविधानको स्थितिचाहिँ के हुन्छ ?
वास्तवमा आवरणमा प्रतिनिधिसभा विघटन मात्र देखिएको छ । तर, भित्री पक्षचाहिँ संविधानको कार्यान्वयन पक्ष जटिल मोडमा पुगेको छ । संविधानबमोजिम धेरै ऐन कानुन बनाउन अझै बाँकी छन् । संविधानबमोजिम निर्माण हुनुपर्ने कानुनै बनेका छैनन् । यस्तो अवस्थामा संसद विघटन हुनु भनेको संविधान कार्यान्वयन अवरुद्ध हुनु हो । प्रतिनिधिसभा विघटनसँगै संविधान अवरुद्ध हुन पुग्यो । संविधान कार्यान्वयनको चरण नै पूर्ण भएको छैन । संविधानको लक्ष्य पनि आहात हुन पुग्यो ।

संवैधानिक पद्धति यो ढंगले अघि बढ्नु भनेको मुलुककै निम्ति दुर्भाग्य हो । यो संविधानमाथि राजनीति भइरहेको छ । संविधानमाथि अतिशय चरम राजनीतिको विकृत अवस्था हो । त्यसकारणले यो प्रकरणलाई धेरै गम्भीर रुपले लिनुपर्छ । अब संविधानवाद नै संकटमा परेको छ ।

र, यो पनि

- प्रधानमन्त्रीको कदम गलत : वामदेव

- ‘नागरिक नेता’को टिप्पणी : महामारीमा भित्रै थियौँ, ओली-भण्डारीले सडकमा निकाल्छन् भने तयार छौँ

- संसद् विघटनपछि प्रधानसेनापति थापा जुटे छलफलमा

- सरकारका प्रवक्ता गुरुङलाई पूर्वमाओवादी कार्यकर्ताले देखाए कालो झन्डा

- प्रतिनिधि सभा विघटनविरुध्द काठमाडौँमा प्रदर्शन (फोटोफिचर)

- विशेषाधिकार प्रयोग गर्ने तयारीमा सभामुख, छलफलमा जुटे

प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिले प्रयोग गरेको धारा ७६ मा के छ ?

- नयाँ निर्वाचनको घोषणा : राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन

प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्चमा रिट

विशेष सम्पादकीय : प्रधानमन्त्रीको सिफारिस दूराशययुक्त, असंवैधानिक र स्वेच्छाचारीयुक्त

०५९ सालमा संसद् विघटन सिफारिस हुँदा राजीनामा दिने ती मन्त्री

प्रतिनिधिसभा विघटन गर्ने सिफारिसविरुध्द अनेरास्ववियू कास्कीको प्रदर्शन

संसद्‍ विघटन प्रस्तावबारे भारतीय मिडियाको टिप्‍पणी : चीन निकट ओली सरकार संकटमा

२० अर्ब खर्च गरेर भएको थियो संसदीय चुनाव

संसद्‍ विघटन प्रस्तावपछि आन्तरिक छलफलमा जुटिन् राष्ट्रपति

प्रधानमन्त्रीको कदमविरुध्द सबै दल एकमत

महाअभियोग र अविश्‍वास प्रस्तावबाट आत्‍तिएका ओलीको काठमाडौंमा एक फन्को

प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक : देउवा

शीतलनिवासमा प्रधानमन्त्रीको डेढ घण्टा : बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेर फर्किए ओली

ओलीले स‌ंविधानको अपहरण गरे : जनार्दन शर्मा

संविधानविद्हरू भन्छन् : संविधानमाथि ‘कू’

प्रतिनिधि सभा विघटनै हुन सक्दैन : कानुनविद्

संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद्‍ विघटनको ब्रेकिङ न्यूज

संसद्‍ विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सनमा मेरो उपस्थिति

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सन…

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्…

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टराई

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टर…

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्…

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी