विचार

हामी खत्रा मान्छे हौँ, हामीलाई आफूबाहेक सब थाहा छ

नारायण घिमिरे |
मंसिर २६, २०७९ सोमवार ९:३० बजे

हिजो भोलि हाम्रो समाजमा तपाईं अनौठो गतिविधिहरू पटक पटक भएको देख्न पाउनुहुन्छ । हामी आफू जे कुराको दक्खल राख्छाँै र जेका लागि जिम्मेवार छौँ त्यसमा बिरलै बोल्छौँ । न त आफ्नो क्षमता र खुबीको पहुँचभित्रको विषयवस्तुमा अन्तर्निहित विसङ्गति विकृति हटाएर आफ्नो जिम्मेवारीको कार्य मानवीय धर्मको कदर गर्दै पूरा गर्न खासै चासो र जाँगर देखाउने गर्दछौँ । 

जुन कुरामा हामी त्यति जानकार हुँदैनौ, त्यसको आफूमा अनुभव हुन्‍न र आफ्नो जिम्मेवारीको विषय पनि पर्दैन त्यसमा भने हामी हजार खोट निकाल्न माहिर बनेर नमागेको सल्लाह र सुधारको सुझाव दिन तम्सन्छौँ । तिमीले यो जानेनौ, यो ठीक गरेनौ, त्यो बिगारिदियौ आदि भनेर औँला ठड्याउने गर्दछौ । 


आफैँले गरिएको आलोचना, आफैँले देखाएको असन्तुष्टिको परिधिमा रहेर कसैले आफैँलाई त्यसो भए त्यसलाई अब कसरी सुधार गर्ने होला भनी सुधार कार्यान्वयनको व्यावहारिक सल्लाह माग्यो भने यो मेरो काम हो र भनी उसै माथि खनिएर झन् ठूलो आक्रमणमा उत्रन्छौँ । 

जीवनमा आफू सधैँ झुपडीपट्टि भाडामा लिएर जीवन काटिरहेको पधेरिथोकको मुकुन्दे बुवारीलाललाई उसको चौबिस तले महलको निर्माण कसरी किफायतमा सम्पन्‍न गर्न सकिन्छ भनी कहिल्यै नमागिएको सल्लाह दिन पटक पटक तम्सन्छ । जीवन पूरै साधुरामको गाईको भकारो सोर्ने जागिरमा बिताएको बलभद्रे मुलुककै आठौँ धनी व्यापारी मिठाइलाललाई व्यवसाय यसरी गर्नुपर्छ, उसरी गर्नुपर्छ भन्दै सोसल मिडियामार्फत सल्लाह दिएर वाक्कदिक्क पार्छ ।

मुकुन्देलाई कसैले झुपडीपट्टि कसरी सस्तोमा भाडामा लिन सकिएला भनी सोध्यो वा गाईको भकारो कसरी सुधार गर्न सकिएला भनी बलभद्रेसँग कसैले सल्लाह माग्यो भने दुवैको कन्सिरीको रौँ तातेर आउँछ । उनीहरू दुवैबीच एउटा आश्चर्यको साझा प्रवृत्ति भेटिन्छ । बीस वर्षदेखि उनीहरु जे गर्दै आए र जुन कुरामा दक्खल राख्दछन् त्यसै क्षेत्रको सल्लाह माग्न जो कोही पुगोस् उनीहरूमा कुम्ले खोलाको भूत चढी हाल्छ । दुवैमा सुकुलटारको खसे–जेठो जस्तो त्यस्ता सल्लाह माग्ने जोसुकै होस् त्यतिखेर नै कुटूँकुटूँ लाग्ने सन्कि कंसमुद्राले छोपिदिन्छ ।

यो कथा मुकुन्दे र बलभद्रेसँग मात्र सीमित छैन । के भयो कुन्‍नि, हालसाल हाम्रो समाजमा मुकुन्दे–बलभद्रे प्रवृत्तिका निकै धरै व्यक्तिहरू मुलुकको नेता, सचेत नागरिक र जिम्मेवार पुस्ताको ब्रान्डमा अत्यधिक सङ्ख्यामा भेटिने गरेको छ ।

हरेक मानिसको आ–आफ्नै सबल र कमजोरीका पक्षहरू हुने गर्दछ । हाम्रो समाजका धेरै मानिसमा अर्काको कमजोरीहरू उसलाई सुधार गर्ने उद्देश्यले भन्दा पनि उसको कमजोरीको फाइदा उठाएर जानाजानी चोट पुर्‍याउन, अपमान गर्न नियतमा खोतल्ने गर्दछन् । त्यसो गर्न पाउँदा उनीहरूको अन्तःस्करणमा बेग्लै खाले आनन्दको अनुभूति हुने संस्कार बनेको हुन्छ ।

आफूलाई खिस्स्याउने हिसाबमा अर्कोले आफ्नो कमजोरी आफूलाई सुनाइरहेको अवस्थामा प्रायः सबै मानिस नरमाइलो लाग्ने स्वाभाविक नै हो । आफ्नो कमजोरीलाई सुधार्ने नियतले नभएर त्यसबाट आफ्नो रतिराग पूरा गर्ने पटक पटकको जो कोहीको व्यवहार एक निश्चित बिन्दुमा मानिसले आफ्नो अपमानको हदले सीमा नागेको महसुस गर्ने गर्दछ । जुन उसको सहन शक्तिभन्दा बाहिर समेत पुगिदिन सक्दछ । जसले उसलाई प्रतिकार गर्न उत्तेजित गरिदिन्छ । त्यसो भयो भने त्यहाँ अनावश्यक रक्तपातसम्मको अवस्था जन्मन सक्दछ ।

यो कथा मुकुन्दे र बलभद्रेसँग मात्र सीमित छैन । के भयो कुन्‍नि, हालसाल हाम्रो समाजमा मुकुन्दे–बलभद्रे प्रवृत्तिका निकै धरै व्यक्तिहरू मुलुकको नेता, सचेत नागरिक र जिम्मेवार पुस्ताको ब्रान्डमा अत्यधिक सङ्ख्यामा भेटिने गरेको छ ।

जानाजानी अर्काको कमजोरीको प्रयोग गरी उसलाई चोट पुर्‍याएर, अपमान गर्न पाउँदा भित्रबाट आनन्दको अनुभूति हुने संस्कार सामान्य मानिसको चरित्रभित्र पर्दैन । जब मानिस नजानिँदो मनोवैज्ञानिक रोगको सिकारमा पर्दछ तब उसमा त्यस्तो प्रकारको मानसिक विकृतिको विकास हुन्छ । त्यो यथार्थलाई जब तपाईं बुझ्नु हुन्छ तब त्यसलाई तपाईँ उसले अज्ञानताको कारणको कार्यको रूपमा त्यसलाई लिन सक्नुहुन्छ । त्यसलाई सहजै सहन गर्न समेत सक्नुहुन्छ ।

त्यसो हुँदै गर्दा त्यस्ता घटनाहरूलाई सजिलै पुनः दोहोरिन नदिने बलियो उपाय पहिल्याउन र खराब मुडमा नपुगेरै त्यसको अर्थपूर्ण समाधान पहिल्याउन तपाईँलाई सफलता मिल्ने गर्दछ । त्यसले तपाईंमा तपाईंको समस्याको कम क्षतिमा बुद्धिमत्तापूर्वक समाधान गर्ने प्रभावकारी क्षमताको विकास गरिदिन्छ ।

कुनै निश्चित उद्देश्य प्राप्त गर्ने दृढ इच्छाशक्तिबाट मानिसले आफ्नो निर्धारित उद्देश्य प्राप्तिका लागि जरुरी हुने प्रेरणाको आर्जन गर्दछ । जब मानिसले कुनै कुराको कल्पना गर्दछ, त्यसलाई प्राप्त गर्न चाहन्छ, त्यसको प्राप्ति सम्भव छ भनी विश्वास जाग्दछ, अनि त्यसको प्राप्तिका लागि समयोचित प्रयास गर्दछ तब उसले त्यसलाई प्राप्त गर्ने सम्भावना अधिक बन्दछ । उक्त चिज प्राप्त गर्नका लागि उसले दिउँसै देख्ने गरेको सपना र हुटहुटी उसको उद्देश्य प्राप्तितर्फको यात्राको सुरुवातको बिन्दु बनिदिन्छ । 

जसरी अत्यन्त सानो आगोले धेरै ताप दिन सक्दैन, त्यसरी नै कमजोर इच्छाशक्तिले ठूलो परिणाम दिन सक्दैन । कहिलेकाहीँ सानो आगोको झिल्कोले पनि सारा जङ्गल सखाप पारिदिन सक्दछ । किनकि सानो झिल्को आगोलाई जङ्गलका सुकेका पात पतिङ्गरहरूले ठूलो आगोमा परिवर्तन गर्न र हावाले त्यसलाई चारैतिर फैल्याउन मद्दत गरेको हुन्छ । आगोको झिल्को सानै किन नहोस् जब त्यसलाई हुर्काउने र फैल्याउने उपयुक्त व्यवस्था हुन्छ त्यसले सारा जङ्गलमा आफ्नो प्रभाव जमाउन सक्दछ ।

हरेक व्यक्तिले देख्ने सफलताको सपना त्यही सानो आगोको झिल्को जस्तो मात्र हो । त्यसको कल्पना गरेर र योजना बुनेर मात्र उद्देश्य प्राप्ति हुँदैन । त्यसलाई पछ्याउनु पर्दछ । प्राप्त गर्ने योजना अनुरूप गतिविधिहरू सञ्चालन गर्नुपर्दछ । उद्देश्य प्राप्तिको प्रयासमा आइलाग्ने सबै समस्याहरू निरन्तर सामना गरिरहनु पर्दछ । उद्देश्य प्राप्तिपश्चात् त्यसमा नियमित कायम रहन प्रभावकारी क्रियाशीलता नियमित राख्नु पर्दछ ।

जब तपाईँ तपाईंको सपनालाई निरन्तर पछ्याउनु हुन्छ, त्यसले जङ्गलका सुकेका पातपतिङ्गरहरूले सानो आगोको झिल्को ठूलो आगोमा परिवर्तन गरे जस्तै तपाईंको उद्देश्य प्राप्तिको चाहनालाई प्रभावकारी प्रयासमा परिवर्तन गरिदिन्छ । बाटोमा आइलाग्ने समस्याहरूको निरन्तर सामना गर्दै अघि बढ्ने कार्यले हावाले आगोलाई चारैतिर फैल्याउन मद्दत गरे जस्तै तपाईंको उद्देश्य प्राप्तिको सम्भावनाको दायरा वृद्धि गरिदिन्छ । उद्देश्य प्राप्तिको चाहनालाई सफलताको नजिक पुर्‍याइदिन्छ । उद्देश्य प्राप्तिमा तपाईंको निरन्तरको लगावले तपाईंलाई प्राप्त उद्देश्यमा कायम रही रहन मद्दत गर्दछ । 

आफ्नो जीवन र जीवनको उद्देश्यको अदृश्य पक्षबारे आफूलाई सचेत गराउन सक्दा मानिसको जीवनमा रहेका अप्ठ्यारो पक्षसमेत सहजता उन्मुख बनिदिन्छ । मानिसको जीवनको निश्चित उद्देश्य छ । जीवनको उद्देश्य प्राप्त गर्न मानिसले तिन दायित्वरूपी पूर्वाधारहरू पूरा गर्नु पर्दछ । जसमा पहिलो दायित्व उसको आफ्नो जीवन जीवित राख्नु हो । जसमा आफ्नो जन्म, खाने, पिउने, आवास र मृत्युको सहज स्वीकार्यता आदि पर्दछ । 

दोस्रो दायित्वमा आफ्नो सन्ततिको नियमितता तथा मानवीय माया, प्रेम र सन्तान सुखको अनुभूति प्राप्तिका लागि वैवाहिक सुखमा बाँधिनु र मानवीय जिम्मेवारीको ग्रहण गर्नु हो । जसमा मूलतः सुखद गौरवशाली प्रजनन, सीमित सन्तान उत्पादन तथा सन्तानको उपयुक्त लालनपालन र वृद्धि विकासको जिम्मेवारी पर्दछ । तेस्रो दायित्वमा धर्म, सत्कर्म र सच्चिदानन्द पर्दछ । 

धर्म भनेको आफ्नो जिम्मेवारी बोध गरी त्यसलाई निभाउनु हो । आफ्नो कर्म, सोच र अभिव्यक्ति लाई प्राकृतिक नियमको प्रतिकुल नहुने गरी सञ्चालन गर्नु हो । सत्कर्म भनेको जीवनमा अनिवार्य रूपमा पालन गर्नु पर्ने मानवीयतामा कायम रहनु हो । सत, चित र आनन्द तीन शब्दहरूको संयोजन वाट बनेको सच्चिदानन्दमा सतको अर्थ सत्य अस्तित्वको बोध (आत्मा बोध) हुनु हो । चितको अर्थ सत्यको ज्ञान हुनु हो । आत्मा ज्ञान, अध्यात्मको अनुसरण हो । आनन्दको अर्थ जे उपलब्ध छ त्यही प्राप्तिमा धन्य बनेर सन्तुष्टि लिन सक्ने ब्लिसफुल चेतनाको अद्भुत तागत हो । प्रवृत्तिगत चेत हो ।

सच्चिदानन्द जीवनको मूल उद्देश्यसमेत हो । जसले सत्य, ज्ञान र परम आनन्दको प्राप्तिको ग्यारेन्टी गर्दछ । जीवनलाई सांसारिक दुःखबाट मुक्त गर्ने बाटोमा डोर्‍याउने गर्दछ । चार वेदले हामीलाई आफ्नो सत्य अस्तित्वबारे बोध गराउने गर्दछ । अग्निको वास्तविक शक्तिको पहिचान गर्न सघाउने गर्दछ । वेदका अनुसार अग्निको ज्योति अग्निको मूल शक्ति हो । आत्माबल र आत्मज्ञान दुवै अग्निको ज्योति निर्मित छन् । आत्माज्ञानको ज्योतिले मानिसलाई आफू स्वयंबारेको यथार्थ ज्ञानहरु (आत्मा बोध) उपलब्ध गराउँदछ । मानिसको आफ्नो सम्पूर्ण यथार्थको ज्ञाता रहेको आफू स्वयं (आत्मा) बारेको यथार्थ ज्ञान वेदको परम सन्देशको सारांशमा समेटिएको छ ।

वैदिक संस्कृत शब्द आत्मालाई प्रायः धेरै मानिसहरू जीवन जीवित राख्ने कुनै अणु जस्तो पदार्थ स्प्रिट वा सोलका रूपमा बुझेर अनुवाद गरी बुझ्ने गरेको गरेको भेटिन्छ । त्यसैको आधारमा आत्माको विज्ञान तथा ज्ञानरुपी आत्मा ज्ञान नै अध्यात्म भन्‍ने जस्ता अनुवाद हुन पुगेको देखिन्छ । जुन पूर्ण रूपले सही अनुवाद होइन । धेरै मानिसहरू यस तथ्यबाट अनभिज्ञ छन् कि ऋग्वेदमा आत्माको अवधारणा छैन । ऋग्वेदका अधिकांश श्लोकहरू पञ्च महाभूत, पञ्च कर्मेन्द्रिय, पञ्च ज्ञानेन्द्रिय, इन्द्र र मनबारेको सैद्धान्तिक व्याख्या भेटिन्छ ।

पञ्च महाभूतहरू मुख्यतया प्रकृतिका पाँच स्थूल तत्त्वहरू अग्नि अर्थात् ध्वंसको शक्ति (जस्तैः आगो, एसिड, बेस, एञ्जाइम, हर्मोन आदि), पृथ्वी वा निर्माणको ठोस शक्ति (जस्तैः ढुङ्गा, माटो, इलेकट्रोन, ग्लुवोन, हड्डी, मांसपेशी आदि), प्रक्रिया सञ्चालनको ग्यास गुणको शक्ति वायु (जस्तैः अक्सिजन, हावा, वाष्प, आर्द्रता आदि), हरेक चिज अस्तित्वमा रहनका लागि जरुरी हुने खाली स्थान आकाश वा इथर (जस्तैः भ्याकुम) र प्रक्रियाको सन्तुलित व्यवस्थापनको तरल गुणको शक्ति जल (जस्तैः पानी, रगत, र्‍याल, झोल पदार्थ आदि) ।

यदि तपाईंले तपाईंको शरीरलाई नजिकबाट विश्लेषण गरेर हेर्नुभयो भने बाँच्नका लागि तपाईँलाई चाहिने तापक्रम, खाना पचाउने आन्द्राको जुस, आँखामा किरा पर्दा त्यसलाई मर्ने आँसुमा हुने केमिकल आदि अग्नि वा अग्निको 
रूप हो । शरीरको ठोस तत्त्व पृथ्वी तत्त्वहरू हुन् । तपाईंले फेर्ने सास वायु तत्त्व हो । पानी, रगतको प्लाज्मा आदि जल तत्त्व हो । ती चार तत्त्व रहन तपाइलाई उपलब्ध स्थान पाँचौँ तत्त्व आकाश हो । यिनै पाँच तत्त्वहरूलाई पञ्च–महाभूत भनिएको हो ।

पञ्च महाभूतहरू निर्माण हुने तिनै पाँच तत्त्वहरूको समूहलाई श्रद्धापूर्वक देव वा देवी भनिएको छ । जसमा अग्नि र वायु गुणलाई देवता भनिन्छ । पृथ्वी र जल गुणलाई देवी भनिन्छ । देवहरू पुरुष वाचक विशेषण हुन् । देवीहरू स्त्री–लिङ्गी विशेषण हो । जीव विज्ञानको आनुवंशिककीमा (जेनेटिक्स) समेत देवगुण निर्माणको गुणलाई (ह्थ्) क्रोमोजोम र देवी गुणलाई (ह्ह्) क्रोमोजोम भनिएको छ।

वैदिक ग्रन्थहरूले शरीरभर फैलिएर रहने स्नायु प्रणालीको सम्पूर्ण संरचनालाई इन्द्रिय भन्दछ । तिनै इन्द्रियहरूको सञ्चालकका रूपमा रहने केन्द्रीय स्नायु प्रणालीलाई इन्द्र देव भनिएको छ । वेदका अनुसार इन्द्र देव र शरीरको स्नायु प्रणालीले पञ्चमहाभूतहरूको विशेष रूप धारण गरेर शरीरको संरचनाको निर्माण गर्ने, कार्य गर्ने विशेष विधि प्रक्रियाहरू निर्माण गर्ने गर्दछ । त्यसै आधारमा इन्द्रदेवलाई देवाधिदेव वा देवहरूको पनि देवता भनिएको छ ।

मानव ऊर्जा क्षेत्र (ज्गmबल भ्लभचनथ ँष्भमि) भनेर चिनिने स्नायु प्रणाली निर्माणको जगको रूपमा मनलाई बुझिने गरिन्छ । यजुर्वेद र उपनिषद्हरूसम्म पुग्नुअघि वेदमा मनबारे अन्वेषण गरी गहिरो विचरण भएको भेटिँदैन । जब मानिसको जागा रहेको जागृत, भुसुक्कै निदाएको सुषुप्त र निदाएर सपना देखेको सपना अवस्थाबारे विचरण गरियो, तब सुषुप्त अवस्थामा रहेको मानव अचेतनको अवस्था मन हो भनी पहिचान गरियो । जसको अस्तित्वको कारण मानिस ब्युँझिदा आफू सुषुप्त अवस्थाबाट गुज्रिएको उसलाई महसुस हुन्छ । 

जब एक व्यक्ति गहिरो निद्रामा हुन्छ, त्यति बेला ऊ आफैँमा उसले बुझेको मनको उपस्थितिको उसलाई कुनै महसुस हुँदैन । यदि त्यहाँ कुनै महसुस गर्ने तत्त्व नै नभएको भए जाग्रत अवस्थामा आफू सुषुप्तिको चरण पार गरेको अनुभूति उसमा नहुनु पर्ने थियो । कसरी हुने गर्दछ ? त्यही तर्कको आधारमा ऋषिहरूले सुषुप्तिको बेला अस्तित्वमा रहने शक्तिलाई जीवन वा प्राण शक्ति नामकरण गरे ।

मन र चेतन मस्तिष्कको अनुपस्थित रहँदा समेत शरीरमा रहन सक्ने श्वास नै जीवनको सङ्केत रुपी प्राण शरीरमा अझै रहेको सङ्केत हो भन्‍ने अवधारणा विकास गरियो । अचेतन सुषुप्तिको समयमा समेत मानिसको सारतत्व शरीरमा रहेको साङ्केतिक यकिन दिने शक्तिको रूपमा जीवन जीवित राख्ने चिज नै प्राण रहेको ऋषिहरूले यकिनका साथ निश्चय गरे ।

जीवित शरीर र लास बनेको शरीर बिच रहेको फरकबारे ज्ञान भएका ऋषिहरूमा आफू वास्तविक रूपमा न त त्यो मुढ शरीर रहेको, न मस्तिष्क रहेको, न मन नै रहेको निश्चय दिलाइदियो । त्यसले आफ्नो वास्तविक अस्तित्व मनभन्दा बाहिर रहेको प्रस्ट सङ्केत गर्दथ्यो । जसलाई आत्मना भनियो । ऋषिहरूका अनुसार जीवन जीवित राख्न अनिवार्य रहेको आत्मनाले मन र प्राकृतिक शक्ति सँग नियमित सम्पर्क कायम गरी आपसी सन्तुलनको निर्माण गर्दछ । त्यसका लागि आत्मनाले मनको दायराको सीमा भन्दा निकै परसम्म आफ्नो सम्पर्क बिस्तार गर्न जरुरी हुन्छ । 

यही अनुभूतिको आधारमा हाम्रा ऋषिहरूले अध्ययन अर्थात् सिकाइ र आत्मना अर्थात् आफ्नो वास्तविक अस्तित्वको स्वरूपको पहिचान गर्नु अर्थ दिने दुई शब्द जोडेर अध्यात्म शब्दको निर्माण गरे । यसरी अध्यात्म शब्दले आफ्नो वास्तविक अस्तित्वको स्वरूपको पहिचान गर्ने उद्देश्यमा सम्पन्‍न हुने अध्ययन अर्थात् सिकाइलाई जनाउने गर्दछ ।

हामीमा समकक्षी अर्थ दिने प्रकृतिको अर्को शब्द स्प्रिचुयालिटीको समेत अधिक प्रयोग हुने गरेको भेटिन्छ । स्प्रिचुयालिटी एउटा यस्तो भावनात्मक अवधारणाको विश्वास हो जसले ब्रह्माण्ड र ईश्वरीय प्रवृत्तिबारे निश्चित विश्वास लिने गर्दछ । जस अनुरूप मानिसभन्दा ठूलो र अधिक शक्तिशाली पक्ष सबैको वास्तविक मालिकको हैसियतमा यस ब्रह्माण्डमा अस्तित्वमा रहेको विश्वास गर्दछ ।

मानिसको समग्र बुझाइको क्षमताको दायरा भन्दा बाहिर बृहत्तर मानवीयता र कल्याणको पक्ष अस्तित्वमा रहेको, मानिसको अनुभूतिभन्दा विशाल ईश्वरीय शक्ति अस्तित्वमा रहेको भावनात्मक अवधारणा सत्य रहेको ठान्दछ । जसअनुसार मानिसको अस्तित्व ब्रह्माण्ड र ईश्वरीय प्रवृत्तिको सम्पूर्ण बृहत्तर पक्षको अत्यन्त सानो कणको रूपमा अस्तित्वमा रहेको भावनात्मक अनुभूति गरिन्छ । 

ऋषिहरूद्वारा प्रतिपादित अध्यात्मको अवधारणाअनुरुप हामी न त शरीर हौँ, न मन नै हौँ । हामी परम चेतनाको (ब्दकयगितभ ऋयलअष्यगकलभकक) ऊर्जा हौँ । सम्पूर्ण ब्रह्माण्ड परम चेतनाको समग्र रुपको ब्रह्माण्ड चेतना (ग्लष्खभचकब िऋयलअष्यगकलभकक) रुपको अभिव्यक्ति भएको मान्यता राख्दछ । स्प्रीचुयालिटी चाहिँ स्प्रीट बारेको अवधारणा हो । एउटा अर्थपूर्ण अवधारणा जसले शरीरमा हुने स्प्रीटको भाग उसले जिउँदो रहँदा गरेको पाप वा धर्मको आधारमा ऊ स्वर्ग वा नरक जान्छ भन्‍ने विश्वास गर्दछ । 

स्प्रीचुयालिटिले तर्क र सापेक्षिक तर्कका आधारमा गरिएको निश्चयलाई धार्मिक मान्यता अनुरूपको व्याख्यासँग नमिलेमा मान्दैन । नमिलेमा त्यसलाई चुनौती दिँदै धार्मिक मान्यताअनुरूपको व्याख्या नै सही र अकाट्य सत्य रहेको विश्वास गर्दछ । अध्यात्मले भने तर्क, वितर्क गर्ने तथा सापेक्षिक तर्कका आधारमा वास्तविकताको निश्चय गर्दै आफ्नै यथार्थ अस्तित्वको पहिचान गर्ने बाटो समात्ने गर्दछ । आफ्नै यथार्थ अस्तित्वको पहिचानबाट आनन्द (ब्लिस) प्राप्तिको मार्ग प्रशस्त हुने अवधारणा लिने गर्दछ ।

अध्यात्म ज्ञानको निचोड अनुरूप आत्मा भनेको मानिसको समग्र भागको एक अंश होइन । आत्मा वास्तवमा मानिसको चुरो यथार्थ रूप हो । अध्यात्म ज्ञानअनुसार आत्मा नै हामीले आफूले आफूलाई भनिने ‘म’को यथार्थ रूप हो ।

नारायण घिमिरेका थप लेख पनि पढ्नुस् :


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
x